Logo
१८ बैशाख २०८१, मंगलबार
(November 13, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहिदलाई सलाम अर्पण गरी प्रदीप यादवको घरदैलो शुरु

वीरगन्ज : शहिदहरुको सम्झनामा एक स्मृतिसभा गरेर संघीय समाजवादी फोरम नेपालले पर्सा क्षेत्र नम्बर १ को घरदैलो-कार्यक्रम शुभारम्भ गरेको छ । फोरम नेपालका पर्साका जिल्ला अध्यक्ष एवम् फोरम–राजपा गठबन्धनको तर्फबाट पर्सा क्षेत्र १ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवको घर दैलो सोमवार बिहान वीरगन्ज वडा नम्बर १८ भवानीपुरबाट सुरु भएको हो ।

गत मधेश आन्दोलनमा वीरगन्जमा राज्यबाट मारिएका शहिदहरुको तस्विरमा फुल अबिर अर्पण गरेर फोरम नेताहरुले घरदैलो सुरु गरेका हुन् । अध्यक्ष यादवले मधेसी वीर शहिदहरुको सम्मान गर्दै शहिद परिवारको आशिर्वाद लिएर आफ्नो घरदैलोको शुभारम्भ गरेको् बताउनु भयो । अध्यक्ष यादवले मधेसी वीर शहिद धर्मराज सिंहका पिता प्रभु सिंहको हातबाट तिलक लगाएर घरदैलो सुुरु गरे । सहिदका पिता सिंहबाट फोरम–राजपा गठबन्धनको संयुक्त अपिल लोकार्पण गर्न लगाउनु भएको हो ।

अपिल सार्वजनिक गर्दै शहिद पिता प्रभु सिंहले मशाल चिन्हमा मतदान गरि संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का संयुक्त उम्मेदवारहरुलाई अत्यधिक मतले विजयी बनाउन अनुरोध गर्नु भयो । अपिल लोकार्पण गर्न अवसरमा फोरम नेपालका राष्ट्रिय उपाध्यक्ष एवम् पर्सा क्षेत्र नम्बर १ को (२) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार लालबाबु राउत गद्दी, पर्सा क्षेत्र नम्बर १ को (१) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार जन्नत अन्सारी, जिल्ला उपाध्यक्ष सुन्दर प्रसाद कुर्मी, केन्द्रिय सदस्य एवम् पुर्व मन्त्रि करिमा बेगम, युवा नेता निखिल वर्णवाल, कुन्दज सिंह टाइगर, रोहित वर्णवाल लगायतको उपस्तिथी रहेको थियो ।

पहिलो दिन नेता यादव र प्रदेश सभा सदस्यका उम्मेदवार अन्सारीले भवानीपुरमा घरदैलो गरेका छन् । फोरमका नेताहरुका अनुसार जनताको ब्यापक आकर्षण रहेको बताएका छन् । गाउँ टोलका अग्रज र पाका पुरुष तथा महिलाहरुले फोरम उम्मेदवारहरुलाई आर्शिवाद दिए, महिलाहरुले परोत्साहन दिए र युवाहरु उत्साह देखाए । यो क्षेत्रमा गत स्थानीय तहको निर्वाचनको मत परिणाम अनुसार फोरम राजपा गठबन्धन काँगेस र बाम गठबन्धनबाट दोब्बरको अन्तरले अगाडी छन् ।

प्रकाशित मिति: Nov 13, 2017

प्रतिक्रिया दिनुहोस्