Logo
७ जेष्ठ २०८१, सोमबार
(November 10, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गरिमा बैंकमा आर्थिक समस्या : खराव कर्जाको अनुपात बढ्दा मुनाफा घट्यो

क्षेत्रियस्तरको बिकास बैंकबाट राष्ट्रियस्तरमा रुपान्तरण भएको गरिमा बिकास बैंकमा कर्मचारी खर्च तथा खराव कर्जाको अनुपात उच्चरुपमा बढ्दा बैंकको नाफा घटेको छ । बैंकले चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा तीन करोड ४२ लाख १७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने बैंकले चार करोड ६८ लाख दुुई हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पुंजी दुुई अर्ब २० करोड ४२ लाख ४३ हजार रुपैयाँ रहेको बैंकले चालु आवको पहिलो त्रैमासमा १५ अर्ब ३९ करोड ७४ लाख ९५ हजार रुपैयाँ निक्षेप संंकलन गरी १४ अर्ब ११ करोड ५३ लाख ५४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।सो अवघिमा घरजग्गा क्षेत्रमा ७७ करोड एक लाख ३५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले १८ करोड ५१ लाख २८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ भने छ करोड ६४ लाख ८३ हजार रुपैयाँ प्रोभिजन गरेको छ ।

गत आवको पहिलो त्रैमासको तुुलनामा खुद व्याज आम्दानी बढेको देखिए पनि बैकले कर्मचारी खर्च अत्याधिक माात्रामा बढाएपछि नाफा घटेको हो । गत आवको पहिलो त्रैमासमा कर्मचारीको तलव भत्तामा तीन करोड नौ लाख ९१ हजार र अन्य सञ्चालन शिर्षकमा तीन करोड ६८ हजार रुपैयाँ खर्च गरेको बैंकले चालुु आवको पहिलो त्रैमासमा कर्मचारीको तलव भत्तामा छ करोड तीन लाख नौं हजार रुपैयाँ खर्च गरेको छ भने अन्य सञ्चालन शिर्षकमा चार करोड ३५ लाख ६८ हजार रुपैयाँ खर्च गरेको छ ।

खराव कर्जाको अनुपात बढेपनि बैंकको राईट व्याक रकम शुनय रहेको छ । बैंकमा अहिले एक दसमलव दुुई प्रतिसत कर्जा खराव रहेको छ । गत आवको सोही अवधिमा बैंकमा यस्तो कर्जाको अनुपात शुन्य दसमलव ६६ प्रतिसत रहेको थियो ।

यसैगरी राष्ट्र बैंकले पाँच प्रतिसतको सिमामा कायम राख्न निर्देशन दिएको स्प्रेड दर पनि छ दसमलव ३५ प्रतिसत रहेको छ । गत आवको सोही अवधिमा बैंकमा यस्तो दर छ दसमलव ३९ प्रतिसत रहेको थियो । अभियान टाइम्स साप्ताहिकबाट ।

प्रकाशित मिति: Nov 10, 2017

प्रतिक्रिया दिनुहोस्