Logo
१९ बैशाख २०८१, बुधबार
(November 10, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लौ हेर्नुस् : प्रधानमन्त्री देउवाले जनकपुरमा बोलेका “मधेशी मालिक” वाला त्यो भिडियो क्लिप !

प्रधानमन्त्री देउवाको “मधेशी गुलाम” अभिव्यक्तिले जनकपुरमा हंगामा
जनकपुर : प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो चुनावमा कांग्रेसलाई बहुमतका साथ जिताए मधेसीलाई देशको मालिक बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । कांग्रेसलाई बहुमत नआए मधेशी अझै गुलाम रही रहने कुरा पनि बताउनु भयो । बुधबार विभिन्न कार्यक्रममा सहभागी हुन जनकपुर आउनु भएका नेपाली कांग्रेसका सभापतिसमेत रहनु भएका प्रधानमन्त्री देउवाले पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मधेसीलाई देशको मालिकसम्म बनाउन र संविधान संशोधनको लागि मधेसका नागरिकले कांग्रेसलाई दुई तिहाई बहुमतले जिताउनु पर्ने बताउनुभयो ।

नेकपा एमाले संविधान संशोधनको मुख्य बाधक रहेको बताउँदै प्रधानमन्त्री देउवाले मधेसको अधिकार संविधान संशोधन नभएसम्म प्राप्त हुन नसक्ने ठोकुवा गर्नुभयो । तसर्थ संविधान संशोधनका लागि नेपाली कांग्रेसलाई दुई तिहाईको वहुमतले जिताए मधेसको सम्पूर्ण अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले देउवाले व्यक्त गर्नुभयो ।

उहाँले चुनावलाई भय र त्रासबाट मुक्त बनाउने वातावरण निर्माणमा सबैको ध्यान केन्द्रित हुनुपर्ने पनि बताउनुभयो । प्रधानमन्त्री देउवाले प्रजातन्त्रलाई जोखिममा पुर्‍याउने कुनै पनि गतिविधि हुन नदिन सबै सजग हुनु जरूरी रहेको बताउनुभयो । उहाँले लोकतन्त्रको आधार चुनाव भएकाले नागरिकले इच्छा गरेकालाई मतदान गर्ने कार्यमा कुनै पनि पक्षबाट हस्तक्षेप हुन नदिई सुरक्षित तवरले चुनाव सम्पन्न गराउने कार्यप्रति सुरक्षा संयन्त्र गम्भीर हुनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्रीको अभिव्यक्तिले जनकपुरमा हंगामा

प्रधानमन्त्री देउबाले मधेशीलाई गुलाम भनि सम्बोधन गरेकोमा जनकपुरमा निकै हङ्गामा भएको छ । प्रधानमन्त्रीको सो अभिव्यक्ति प्रति जनकपुरका धेरै राजनीतिक दलका नेता, बुद्दिजीवी, नागरिक समाज, पत्रकार समेत विभिन्न संघ संस्थाहरुले बिरोध जनाएको छ । धनुषा-४ बाट बामपन्थी गठबन्धनक उम्मेद्वार तथा नेकपा एमाले पोलिटब्युरोका सदस्य रघुबीर महासेठले प्रधानमन्त्रि देउबाको अभिव्यक्तिले नेपालि कांग्रेसको मधेश प्रतिको भावनालाई प्रस्ट पारेको बताए । ‘एमालेलाई मधेश विरोधी भनेर दुष्प्रचार गर्ने नेपालि कांग्रेसको वास्तविक चरित्र आज प्रधानमन्त्रीको अभिव्यक्तिले प्रस्ट भएको छ. महासेठले थपे- अब पनि मधेशी जनताले कांग्रेसलाई भोट दिनु भनेको गुलाम बन्नुनै हो ।

यस्तै राजपाका वरिष्ठ उपाध्यक्ष वृशेषचन्द लालले प्रधानमन्त्रीको अभिव्यक्तिको निन्दा गरेका छन् । उनले भने ‘जबर्दस्ती संविधान बनाउन लगाएर सबै मधेशी सभासदसंग जबर्दस्ती हस्ताक्षर गराउने पार्टी नेपालि कांग्रेसले आफ्नै पार्टीका मधेशी नेतालाई पनि गुलाम जस्तै व्यवहार गरेको हुनाले यो अभिव्यक्ति स्वाभाविक हो’ ।

जनकपुरका नागरिक समाजका अगुवा तथा वरिष्ठ कलाकार रमेश रंजनले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति प्रति कटाक्ष गर्दै भने प्रधानमन्त्री ज्युले दिनु भएको अभिव्यक्ति मधेश प्रतिको नेपालि कांग्रेसको वर्षौ पुरानो सोचको उपज हो । अहिले सम्म कांग्रेसले व्यवहारमा मात्रै मधेशीलाई गुलाम बनाई राखेको थियो. त्यो व्यवहार अब शब्दमा अभिव्यक्ति बनेर प्रस्फुटित भएको मात्रै हो ।

प्रधानमन्त्री देउबाले मधेशीको बारेमा दिएको अभिव्यक्तिको बिरोध गर्दै जनकपुरको प्रभावशाली आन्दोलनकारी संस्था मासले आपत्ति जनाएको छ । मासका संयोजकले देउबाको अभिव्यक्तिलाई नेपालि कांग्रेसको अहंकारी सोचको उपज भएको बताएका छन् । उनले देउबाको अभिव्यक्तिको कडा प्रतिकार गर्ने तयारी भई रहेको जानकारी समेत गराए ।

प्रकाशित मिति: Nov 9, 2017

प्रतिक्रिया दिनुहोस्