Logo
१३ बैशाख २०८१, बिहीबार
(November 4, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्थमन्त्री कार्कीविरुद्ध सुनसरीमा २५ वर्षे युवाको उम्मेदवारी

सुनसरी संवाददता : सुनसरीको क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा अर्थमन्त्री ज्ञानेन्द्र कार्कीविरुद्ध सोही क्षेत्रका एक युवाले उम्मेदवारी दिएका छन । साविकको रामनगरभुटाहा गाविस हालको हरिनगरा गाउँपालिका घर भएका २५ वर्षका नसिम अन्सारीले पर्यटक नेताका विरुद्ध नेपाली कांगेस (बीपी)को तर्फबाट अर्थमन्त्री कार्की विरुद्ध उम्मेदवारी दिएका हुन ।

सुनसरी ४ बाट प्रतिनिधि सभा सदस्यमा मनोनयन दर्ता गराएका युवा उम्मेदवार नसिम अन्सारीले आफ्नो उम्मेदवारी पर्यटक नेताका विरुद्ध भएको बताउँदै स्थानीय नेताहरु यस क्षेत्रबाट उम्मेदवार भएको अवश्था आफु स्वतन्त्र पेशा व्यवसाय गरेर जिविकोपार्जन गर्ने सुरमा रहेकोमा क्षेत्र नं ४ का स्थानीयहरुको भावना विपरित नेपाली कांग्रेसले भोजपुर घर भएका ज्ञानेन्द्र कार्कीलाई उम्मेदवार बनाएले बाध्य भएर उम्मेदवारी दिएको बताए ।

सुनसरीको क्षेत्र नं ४ मा मुस्लिम, मधेशी, आदीवासी जनजाती, अल्पसंख्यक समुदाय लगायतको ठुलो जनसंख्याको बसोबास रहेको छ । स्थानीय समुदायहरुले आफ्नो समुदायको प्रतिनिधित्व हुने उम्मेदवारका साथै स्थानीय उम्मेदवारसमेत मत दिन नपाएकाले ठुला दलहरुले आफ्नो जमिनदारी प्रथा कायम राख्दै यस क्षेत्रका जनताका कम्तिया बनाउन खोजेकाले भोजपुरबाट सुनसरी आएर चुनाव लडेका ज्ञानेन्द्र कार्कीलाई जसरी पनि पराजित गर्न उम्मेदवारी दिएको अन्सारी बताउँछन ।

पुरानो नेपाली कांग्रेसले स्थानीय नेताहरुलाई प्राथमिकता नदिएर बाहिरका नेतालाई सुनसरीमा चुनाव लडन पठाएकाले आफुले नेपाली कांग्रेस बीपीबाट उम्मेदवारी दिएको उनी बताउँछन । वैदेशिक रोजगारका सिलसिलामा कतारमा ३ वर्ष बसेर फर्केका नसिमले लाखौ नेपाली युवाहरु खाडी मुलुकमा ५० डिग्री सेल्सीग्रेडको तापक्रममा बसेर पसिना बगाई रहँदासमेत उनीहरुलाई स्वदेश फर्केर नेपालमा काम गर्ने वाताबरण बनाउन दलहरु चुनावी घोषणपत्रमा योजना नल्याएको गुनासो गर्दै आफूले त्यसकोलागि काम गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

म नेपाली युवाहरुलाई विदेश जान बाध्य बनाउने दलका नेताहरु मत दिएर पुनः लुटको राज्य कायम गर्न खोज्नेहरुलाई खबरदारी गर्नका लागी उम्मेदवार भएको नसिम बताउँछन ।

 

प्रकाशित मिति: Nov 4, 2017

प्रतिक्रिया दिनुहोस्