Logo
२ जेष्ठ २०८१, बुधबार
(November 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महतो-निधिले मात्र हैन, डा. पंजियारले पनि धनुषा ३ बाट उम्मेदवारी दने

नेपाली कांग्रेस र राजपा नेपालबीच भलै यत्तिबेला धनुषा निर्वाचन क्षेत्र नम्बर ३ नै फलामे च्युरा सावित भइरहेको होस् तर उक्त क्षेत्रमा मात्र बहुचर्चित नेताहरुको होइन एक जना यूवाले समेत उम्मेदवारी लिदने भएका छन् ।

समृद्ध मधेश सशक्त मधेशको नारा सहित मधेसी यूथ थिंकटैंकबाट स्वतन्त्र उममेदवारका रुपमा डा. विनाय पंजियारले उम्मेदवारी दिन लागेका हुन् । शिक्षामा समावेशिताको लागि अनवरत रूपमा संघर्षशिल रहेका पंजियार मधेश स्वराजको पक्षमा वकालत गर्दै उम्मेदवारी दिन लागेका हुन् ।

२१ वर्षको उमेरमा चिकित्सा पढ्दै गरेका उनी मधेसी, आदिवासी, दलित, आदिलाई आरक्षणका लागि पटक पटक आन्दोलन गरेका छन् । अहिले २५ वर्षको उम्मेरमा उनी बिभिन्न तहबाट मधेशको पक्षमा वकालत गर्दै आएका छन् ।

 

प्रकाशित मिति: Nov 1, 2017

प्रतिक्रिया दिनुहोस्