Logo
२१ बैशाख २०८१, शुक्रबार
(October 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एन्फाले विशेष साधारणसभाको निर्णय उल्ट्यायो

अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले आफ्नो निर्वाचन साधारणसभा झन्डै एक महिना पछि सारेको छ । विशेष साधारणसभाले गरेको निर्णय उल्ट्याउँदै एन्फाको सोमबार बसेको कार्यसमिति बैठकले पदाधिकारीकै विरोधका बीच निर्वाचन साधारणसभा सार्ने निर्णय गरेको हो, जुन व्यावहारिक र एन्फाको विधानको समेत विरुद्धमा छ ।

एन्फाले आफ्नो चुनावी साधारणसभाको मिति निर्धारण गर्नका लागि गत २३ असोजमा बोलाएको विशेष साधारणसभाले आगामी २३ पुस (जनवरी ७) मा नयाँ कार्यसमिति चयन गर्ने निर्णय गरेको थियो ।  तर, त्यसको महिना दिन पनि नबित्दै एन्फा कार्यसमिति बैठकले फिफा र एएफसीको प्रतिनिधिको उपस्थितिमा भएको विशेष साधारणसभाको निर्णयलाई समेत उल्ट्याएर आगामी माघ ११ गते चुनावी साधारणसभा गर्ने निर्णय गरेको हो ।

कार्यसमिति बैठकले प्रदेश र प्रतिनिधिसभाका लागि हुन लागेको आसन्न निर्वाचनका कारण आफ्नो निर्वाचन सार्नु परेको जनाएको छ । कार्यसमितिको सो निर्णयप्रति एन्फाका उपाध्यक्ष किशोर राईले असहमति जनाउँदै नोट अफ डिसेन्ट लेखेका छन् ।

एएफसी क्लब च्याम्पियनसिपमा थ्रीस्टारलाई दिइएको सहभागिताको अवसरलाई क्षतिपूर्तिको रूपमा पनि हेरिएको छ । गत वर्ष एएफसी कप प्ले अफका लागि छनोट भएको थ्रीस्टार एन्फाकै पदाधिकारीका कारणले उक्त प्रतियोगिता खेल्नबाट वञ्चित भएको थियो ।

त्यसबापत एन्फाले हालैमात्र थ्रीस्टारलाई एक करोड ५० लाख रुपैयाँ क्षतिपूर्तिसहित तीनवटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने सहमति भएको थियो ।

प्रकाशित मिति: Oct 25, 2017

प्रतिक्रिया दिनुहोस्