Logo
५ जेष्ठ २०८१, शनिबार
(October 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुनाव नजिकिएसँगै मधेशी नेतालाई बदनाम गर्ने यो कस्तो षड्यन्त्र ?

  • सन्तोष मेहता,

चुनाव नजिकिएसँगै र बिभिन्न जिल्लाका बिभिन्न क्षेत्रबाट राजपा नेपालका अध्यक्ष मण्डलका प्रभावशाली नेता श्रद्धेय राजेन्द्र महतो चुनाव लड्ने हल्ला चलेसँगै मधेश बिरोधी पार्टीका कती नेताहरूको निन्द्रा हराएको छ ।

महतोको लोकप्रियता र प्रभावबाट अताल्लिएर महतो र उहाका परिवारका बिषयमा प्रायोजित ढंगबाट केहि स्तरहिन मिडियाले र केही नेताका

आसेपासेहरूले अनावश्यक टिप्पणी बेबुनियाद आरोप अत्यन्त उदेकलाग्दो रहेको छ : 
१) श्रद्धेय राजेन्द्र महतोका दाजु श्री महेन्द्र महतो यस परिवारका पहिलो राजनितीकर्मी हुन । राजेन्द्र महतो राजनीतिमा नरहदै उनका दाजु त्यस गाबिसका जनप्रतिनिधि थिए र वहाँ स्थानीय लोकप्रिय समाजसेवीको रुपमा चिनिनुहुन्छ । वहाँ हाल चन्द्रनगर गापाबाट जन निर्वाचित प्रमुख हुनुहुन्छ, कुनै मनोनित होईन ।

२) भतिजो उपेन्द्र महतो युवाहरूमा लोकप्रिय र हाल राजपा का केन्द्रीय सचिव हुन। उपेन्द्र जि निकै मिहिनेती रणनीतिक र राम्रो पढेलेखेका युवा नेताको रूपमा परिचीत हुनुहुन्छ ।

वहाँ जस्तो योग्य ब्यक्तिको निम्ति काका नेता हुनु अभिश्राप बनाइनु हुन्न । वहाँ कुनै मनोनित वा समानुपातिकका आकांक्षी पनि होईन । जनता बिच गएर प्रत्यक्ष चुनाव लड्न धेरै आँट चाहीन्छ र निर्णाय जनताको हातमा हुन्छ ।

३) ज्वाइँ अनिल महासेठ अविवाहित हुदै स्कुल पढदा देखि नै समाजसेवा र राजनीतिमा थिए, नेता जि को ज्वाइँ हुँदैमा निषेध गर्ने कुरा आएन । अस्ट्रेलियाको पि आर त्याग गरेका ब्याक्ती वहाँ हो । वहाँ कुनै मनोनित वा समानुपातिकका आकांक्षी पनि होईन ।

४) श्री मती शैलदेबी महतो पुर्व माननीय हुन बर्तमानमा कुनै लाभको पदमा प्रस्तावित हुनुहुन्न ।

५) परिवारका अन्य सदस्य नेता जि को सहयोगी मात्र हुन, कोही समानुपातिक सुचिमा छैनन्।

#मेहताको फेसबुक वालबाट

प्रकाशित मिति: Oct 25, 2017

प्रतिक्रिया दिनुहोस्