Logo
२७ बैशाख २०८१, बिहीबार
(October 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्विफ्टको समस्याले ग्राहकलाई कुनै क्षति नगर्ने NIC एसियाको स्पष्टोक्ति

एनआईसी एसिया बैंकले स्वीफ्ट ह्याकिङबाट बैंकिङ कारोबारमा कुनै समस्या नआएको बताएको छ। स्वीफ्टमा देखिएको समस्याले बैंक र ग्राहक कसैलाई क्षति नहुने बैंकले स्पष्ट पारेको छ । बैंकको स्वीफ्ट ह्याक गरी विदेशी खातामा रहेको रकम चोरी भएको आशंकामा नियामक राष्ट्र बैंकले अध्ययन गरिहेको छ । स्वीफ्ट बैंकको ‘क्रस बोर्डर’ कारोबार गर्ने सर्भर हो ।

अहिलेको समस्या एनआईसी एसिया बैंकले विदेशी बैंक खातामा राखेको रकम चोरी गर्न खोजिएको हो । बैंकका डेपुटी सिइओ रोशन पौडेलका अनुसार शनिबार बैंकको स्वीफ्टमा समस्या देखिएको जानकारी प्राप्त भएको हो । स्वीफ्टमा समस्या आएको हुनाले बैंकले आइतबार सर्भर डाउन गरेर कारोबार गरेन ।

नयाँ सर्भर डाउनलोड गरी सोमबारदेखि नै स्वीफ्ट कारोबार सुरु भइसकेको उनले बताए । स्वीफ्ट बाहेकको सबै बैंकिङ सेवा आइतबारदेखि नै सञ्चालन भइरहेको छ । राष्ट्र बैंकले आइतबारदेखि नै बैंकमा टोली खटाएर स्वीफ्ट ह्याकको अध्ययन गरिरहेको छ ।

यस्तै, एनआइसी एसिया बैंकले पनि भारतबाट विज्ञ झिकाएर अनुसन्धान गरिरहेको छ। यही हप्ता स्वीफ्टको पूर्ण विवरण आइसक्ने बैंकले जनाएको छ । नियामक राष्ट्र बैंकले पनि स्वीफ्ट ह्याकले बैंकको कारोबारमा कुनै समस्या नआउने स्पष्ट पारिसकेको छ ।

ग्राहक बैंकिङ कारोबारमा ढुक्क भएर लाग्दा हुने राष्ट्र बैंकको भनाई छ । बैंकले स्वीफ्टमा समस्या आएको जानकारी गराएपछि राष्ट्र बैंकको विज्ञ टोली फिल्डमै पुगेर अनुसन्धानमा खटिएको छ । डेपुटी सिइओ पौडेलले बैंकका देशभरका सबै शाखाहरु आइतबार, सोमबार, मंगलबार पूर्ण रुपमा चलेको र सबै बैंकिङ सेवा ग्राहकलाई दिएको बताए ।

प्रकाशित मिति: Oct 24, 2017

प्रतिक्रिया दिनुहोस्