Logo
२ जेष्ठ २०८१, बुधबार
(August 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डुबान क्षेत्रका स्थानीयबासी विरामी पर्न थाले, चिकित्सक भेटिएनन्

महोत्तरी  : विगत ६ दिनदेखि परेको मुसलधारे वर्षाका कारण विभिन्न नदी तथा खोलामा आएको बाढीले महोत्तरी जिल्लाका ४० हजार घरमा २ लाख गाउँका स्थानीय बासिन्दा बिरामी पर्न थालेका छन् । विभिन्न किसिमको रोग फैलिने जोखिम बढेको छ । महोत्तरीको दक्षिणी तथा पश्चिमी क्षेत्रमा कटान र डुबानका कारण पक्की घर भएका छतमा बसेका छन् ।

खपडा, टिन र फुसका घर भएका बासिन्दा घर छोडेर खुला आकासमुनि सडकको छेउछाउमा बस्न बाध्य छन् । यसका कारण महिला, बालबालिका तथा वृद्ववृद्वामा स्वास्थ्य समस्या परेको जनस्वास्थ्य कार्यालयका स्वास्थ्य निरिक्षक गिरेन्द्र झाले बताए । बाढीका कारण ग्रामीण क्षेत्रमा बाटो अवरुद्ध छ ।

सडक क्षतिग्रस्त भएकाले सवारी साधन आवतजावतमा समस्या भएका कारण जलेश्वर सदरमुकाम आउन पनि समस्या भएको बिरामीको गुनासो छ । विभिन्‍न रोग फैलिएका ती गाउँका स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी एवं चिकित्सक देखा नपरेको र औषधि समेत अभाव रहेको मेघनाथगोरहन्नाका शिक्षक श्याम गिरिले गुनासो गरे ।

‘उपचार गराउन जाँदा स्वास्थ्य चोकीमा चिकित्सक भेटिएनन्।’ बाढीको कटान र डुबानमा परेका महोत्तरीका झन्डै ३७ गाउँमा झाडापखाला, टाइफाइड, ज्वरो, रुघाखोकी, श्वासप्रश्वास, जिउ चिलाउने रोग फैलिएको स्थानीयवासीले बताएका छन्। जलेश्वर, मटिहानी, बलवा, रामगोपालपुर, लोहारपटि, मेघनाथ गोरहन्ना, सम्सी, श्रीपुर, भंगहा, हरिहरपुर हरिणमरि, बथनाहा लगायतका ग्रामीण तथा बजार क्षेत्रमा विभिन्न किसिमका उक्त रोगको प्रकोप फैलिएको हो ।

बाटोको नभएको कारण एम्बुलेन्स वा अन्य कुनै पनि सवारी साधन नपाएर जलेश्वर ७ अन्कार निवासी मुकेश कुमार यादवले आफ्नो गर्भवती श्रीमतिलाई खाटमा राखेर आफन्तहरुको सहारामा साउन ३० गते साँझ खाटमा राखेर अस्पताल ल्याए । केहि दिनदेखिको अविरल वर्षा र सोपछि आएको बाढीको कारण सडकविहीन बनेको सदरमुकाम जलेश्वरसम्म आउन र सदरमुकामबाटै अस्पताल पुग्न बिरामीहरुलाई खाटमा लगिने गरिएको छ ।

सदरमुकाम छेउछाउको गाँउबाट अस्पताल लग्न खाटकै सहारा भएपनि सदरमुकामबाट टाढा रहेका विरामीहरु अस्पताल सम्म पुग्न असमर्थ नै भएका छन् ।वगेपछि अवरुद्ध भएको बाटो खुल्न अझै केहि समय लाग्ने स्थानिय प्रसासनले बताएको छ । जनकपुर भिट्ठामोड सकड,जलेश्वर सम्सी सडक,जलेश्वर बर्दिवास सडक,जलेश्वर मटिहानी सडक अझै अवरुद्ध रहेको महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए।

प्रकाशित मिति: Aug 15, 2017

प्रतिक्रिया दिनुहोस्