Logo
२७ बैशाख २०८१, बिहीबार
(August 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाढीमा परी बेपत्ता भएका मध्ये ७ जना नेपालीको शव भारतमा फेला

विराटनगर : अविरल वर्षासँगै आएको बाढीमा परी विराटनगरबाट बेपत्ता भएका मध्ये सात जना नेपालीको शव भारतमा फेला परेको छ। भारतमा भेटिएका मध्ये चारजनाको सनाखत हुन सकेको छैन। मोरङमा बाढीमा परी १९ जनाको मृत्यु भएको छ । गत शनिबार दिउँसोबाट बेपत्ता भएका मध्ये विराटनगर-१३ कारोशन लुइँटेल (२१)र मनोज पासवान (२८)तथा विराटनगर-१२ का निश्चल घिमिरेको शव भारत जोगबनीको रेल्वे स्टेशन नजिकै फेला परेको हाे ।

रेल्वे स्टेशन नजिकै मंगोलियन अनुहार भएका एक पुरुष र तीन महिलाको शव फेला परे पनि उनीहरुको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । शव भेटिएका युवाहरु घरबाट २८ गते शनिबार दिउँसो हिँडेकोमा नेपाल भारत सीमाको दशगजामा ५० मिटर जतिभित्र भारतको जोगबनी रेल्वे स्टेशनमा मृत फेला परेको मोरङमा एसपी अरुणकुमार बीसीले जानकारी दिए ।

उनले भने, ‘यता नेपालतिरबाट खोला र भेलले बगाएर अझै धेरै मानिसहरु भारततर्फ पुगेको हुनसक्ने अनुमान छ।’ एसपीबीसीले खोलामा पानी ओर्लिएर सतह घटेसँगै मृतकको शव भेटिने क्रम बढेको बताए । पहिरो तथा बाढीमा परेर गोपीमाया तामाङ, गंगाराम खतिवडा, मिनबहादुर थापा, बुद्धिमाया लिम्बू, किसन महतो, अरुलिया ऋषिदेव, उमेश नेपाल, धिरज माझी, सानुमाया राईकाे शव भेटिएकाे हाे ।

प्रहरीका अनुसार जिल्लामा ८ हजार ५ सय घर डुबानमा परेका छन। तीमध्ये आधा परिवार विस्थापित भएका छन्। कर्सिया, बेलबारी, मोतिपुर, दामरभिट्टा र गोबिन्दपुरको प्रहरी युनिटमा क्षतिभई पर्खाल समेत भत्किएको छ। सबैभन्दा बढी प्रभावित क्षेत्र विराटनगर, रतुवामाई, केराबारी, मधुमल्ला, सुन्दरहरैंचा लगायत स्थानमा राहत वितरण गर्न जिल्ला दैवीप्रकोप उद्दार समितिले तयारी गरेको छ।

प्रकाशित मिति: Aug 14, 2017

प्रतिक्रिया दिनुहोस्