राहत लिएर प्रधानमन्त्री र गृहमन्त्री बाढी प्रभावित क्षेत्रमा जाँदै
काठमाडौं : सरकारी खाधान्न र राहतको पयाकेज लिएर प्रधानमन्त्री शेर बहादुर देउवा र गृहमन्त्री जनार्दन शर्मा आज आज मध्य र पुर्बि तराइ क्षेत्रको स्थलगत अवलोकनमा जाँदैछन् ।
बढी पीडितका लागि राहत सामाग्रीसहित प्रधानमन्त्री र गृहमन्त्री मध्यान्ह १२ बजे स्थलगत अवलोकनमा निस्कने बताइएको छ ।
बिपद ब्यवस्थापनअन्तर्गत बाढी तथा पहिरो पीडितका लागि राहत सामाग्री वितरण गरिने भएको छ । प्रभावित सबै जिल्लामा पनि प्रभावितलाइ आज बिहानैदेखि सरकारी तथा निजी क्षेत्रका ट्रकमार्फत र जान नसकिने स्थानमा हेलि मार्फत खाधान्न (ड्राइफुड) र पानी बितरण गरिने छ ।
यसका लागि गृह मन्त्रालयले १ करोड ९८ लाख रकम जिल्लामा पठाइसकेको छ । खाधान्न, राहत, थप खोज , क्षति मुल्याङकन तथा प्रतक्ष्य अवलोकनका लागि सबै मन्त्रालयका मन्त्री (एक टिममा कम्तीमा ३ जना) पर्ने गरि ६ वटा टिम प्रभावित क्षेत्रहरुमा जाँदैछन् ।
राहत खाधान्न (ड्राइफुड) र पानी बोकेर हेटौडाबाट केही बेरमा नेपाली सेनाको हेलिकोप्टर रौतहतको गौर र गरुडाजाँदैछ ।