Logo
१७ बैशाख २०८१, सोमबार
(August 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी-यी कारण देखाउदै यादवले छाडे गच्छदारको साथ

 

काठमाडौं : लामो समयदेखि असन्तुष्ट रहेका नेपाल लोकतान्त्रिक फोरमका सह–अध्यक्ष रामेश्वर राय यादवले पार्टीको सम्पूर्ण पदबाट राजीनामा दिएका छन् ।

उपप्रधानमन्त्री विजय गच्छदार नेतृत्वको  फोरमका सह अध्यक्ष यादवले पार्टी सत्तामुखी मात्र भएको र पार्टी स्थापनाकालमा लिएका उद्देशयहरु सबै बिर्सिएको भन्दै उनले राजिनमा दिएका हुन् ।

मूल रुपमा ‘पार्टीमा समाहिक नेतृत्वको कुनै परम्परा नै देखिएन कति सहनु ? आजित भइसके खाली नामका लागि मात्र कसरी राजनीति गर्नु’ यादवले भने ‘पार्टीमा के भइरहेको छ, त्यो अध्यक्षलाई मात्र थाह हुन्छ त्यसो भए हामि सहअध्यक्षहरुको के काम ? भन्दै मैले राजिनमा दिएको छु ।’

पार्टी एक्लौटी ढंगले चलाएको भन्दै यादव लामो समयदेखि असन्तुष्ट रहँदै आएको थिए । उनले यसबारेमा पटक-पटक पार्टी बैठकमा कुरा राखे पनि त्यसको उचित सुनवाई नभएको भन्दै पार्टीबाट राजीनामा दिएको बताए । उनले अब आफू पार्टीको साधारण सदस्यको रुपमा मात्र रहने पनि जानकारी दिए ।

प्रकाशित मिति: Aug 8, 2017

प्रतिक्रिया दिनुहोस्