Logo
१७ बैशाख २०८१, सोमबार
(August 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपेन्द्र यादवको ठोकुवा : ‘राजपाले चुनावमा भाग लिने’

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राजपा अब प्रदेश नम्बर २ मा हुने चुनावमा भाग लिने बताउनुभएको छ ।पाँचथरको फिदिममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘‘जित्ने हार्ने भन्दा पनि चुनावमा भाग लिनु नै राजपाका लागि जित हो ।’’

सरकारले २ नम्बर प्रदेशको चुनाव दोस्रो चरणमै गराउनुपर्ने तर सोही समयमा निर्वाचन नगरेर गलत गरको उहाँले आरोप लगाउनुभयो ।अध्यक्ष यादवले प्रादेशिक संरचनामा अहिलेको ७ वटा प्रदेशले शान्ति र स्थिरता कायम गर्न सक्दैन भन्नुभयो ।

अब छुटेका विषयलाई संशोधनको माध्यमबाट सम्बोधन गर्नुपर्नेमा उहाँको जोड थियो । यस्तै उहाँले नयाँ शक्ति पाटीसँग एकीकरण गर्ने प्रयास जारी नै रहेका निकट भविष्यमा दुई पार्टीबीच एकता हुने सम्भावना औँल्याउनुभयो । रासस

प्रकाशित मिति: Aug 8, 2017

प्रतिक्रिया दिनुहोस्