Logo
१७ बैशाख २०८१, सोमबार
(July 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकार महासंघको महाधिवेशन तोकिएको मितिमै

काठमाडौ : नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन तोकिएकै समयमा आगामी भदौ ४ र ५ गते काठमाडौंमा हुने प्रष्ट पारेको छ । महासंघका महासचिव उजिर मगरले त्यसका लागि सम्पूर्ण तयारी द्रद्रूतरूपमा भैरहेको बताएका हुन् ।

मगरले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रेस युनियनजस्तो जिम्मेवार संस्थाले महाधिवेशन सार्ने कार्य हुन लागेको भनी भ्रमपूर्ण विज्ञप्ति जारी गरेकोमा नेपाल पत्रकार महासंघ आश्चर्यचकित भएको उल्लेख गरेका छन् ।

महासंघले महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्ने तयारी गरिरहेको र सो मितिमै हुने भएकोले महाधिवेशन टार्ने वा भाड्ने षड्यन्त्रपूर्वक गरिएको यस्ता गलत प्रचारको भ्रममा नपर्न महासंघ सम्वद्ध सबैमा आग्रह गरेको छ ।

साथै, महासंघले विधिवतरूपमा टुंगो लगाएका विषयलाई गलत ढंगले उछालेर महाधिवेशन बिथोल्ने प्रपञ्च नगर्न सम्बन्धित पक्षलाई गम्भीरतापूर्वक आग्रहसमेत गरेको छ । महासंघले महाधिवेशन भव्यतापूर्वक सम्पन्न गर्न सहयोगका लागि सम्पूर्ण पत्रकार, संघसंस्था र सम्वद्ध सबैमा अपिल पनि गरेको छ ।

प्रकाशित मिति: Jul 24, 2017

प्रतिक्रिया दिनुहोस्