Logo
९ जेष्ठ २०८१, बुधबार
(July 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी हुन, करोडौं दर्शक पाउने उत्कृष्ट ५ नेपाली चलचित्रका गीतहरु

ब्यवसायले निर्माता रिझाउन नसकेको बर्तमान समयमा चलचित्रका गीतहरुले भने अहिले राम्रो फड्को मारेको छ । पछिल्लो समय रिलिज भएका, रिलिज तयारीमा रहेका केही चलचित्रका गीतले बजार पिटेका मात्र होइनन्, युट्युवमा समेत करोडमाथिको दर्शक पाउन सफल देखिएका छन् ।

युट्यूवमा चलचित्रको गीतको तर्फबाट करोड दर्शकको खाता खोल्ने काम ‘सुर्के थैली खै..’ गीतले गर्यो । ‘वडा नं ६’ चलचित्र भित्र रहेको ६ अगाष्ट २०१५ मा अपलोड यो गीतले एकपछि अर्काे कृतिमान बनाउदा यसलाई पच्छ्याउदै केही चलचित्रका गीत सफल भएका छन् । अहिलेसम्म सार्वजनिक भएका चलचित्रका गीत मध्य करोड माथिको दर्शक पाउने ती पाँच गीत ,जसको यहाँ चर्चा गरिएको छ ।

सुर्के थौली खै 

६ अगष्ट २०१५ युट्युवमा अपलोड भएको यो गीतले अहिलेसम्म २ करोड ४ लाख बढि दर्शक पाएको छ । राजनराज शिवाकोटीको संगीत रहेको यो गीत चलचित्र ‘वडा नम्बर ६’ भित्र राखिएको छ । गीतमा अन्जु पन्त, संगीतकार शिवाकोटी र राजु विश्वकर्माको स्वर रहेको छ । गीतमा दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की। जीतु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल लगायतको अभिनय देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस् 

ठमेल बजार
‘लुट २’ चलचित्र भित्र रहेको यो गीतले पनि युट्युवमा १ करोड ८४ लाख बढि दर्शक पाएको छ । छिटो सर्वाधिक हेरिएको गीतको सूची बनाउ सफल यो गीतमा मोडल एलिसा राई र चलचित्र निर्देशक निस्चल बस्नेतले कम्बर मर्काएका छन् । गीतमा सौगात मल्ल, दयाहाङ राइ लगायतको पनि अभिनय देख्न सकिन्छ । २१ अक्टोवर २०१६ मा युट्युवमा अपलोड भएको यो गीतमा कालीप्रसाद बाँस्कोटा र एकतारेको शब्द छ, भने संगीत कालीप्रसादकै रहेको छ ।

भिडियो हेर्नुहोस् 

पूर्व पश्चिम रेल

‘छक्का पन्जा’ चलचित्र भित्र रहेको यो गीतको पनि अहिले १ करोड ६७ लाख बढि दर्शक पुगेका छन् । राजनराज सिवाकोटी र अन्जु पन्तको स्वर रहेको गीतमा राजनराज सिवाकोटीकै शब्द संगीत रहेको छ । २८ मे २०१६ मा युट्युबमा अवलोड भएको यो गीतमा दिपक राज गिरी, प्रियंका कार्की, जितु नेपाल, शिवहरी पौडेल लगायतको अभिनय देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस् 

‘काले दाइ’ 

चलचित्र ‘पर्व’मा समावेश ‘काले दाई काले दाई’ बोलको गीतले पनि अहिलेसम्म १ करोड ४१ लाख बढि दर्शक पाएको छ । १३ जनवरी २०१७मा सार्वजनिक गीत मिना निरौला र निश्चल बस्नेतले गाएका हुन् । कोशिश क्षेत्रीको संगीत र दिनेश राउतको शब्द गीतमा रहेको छ । गीतको भिडियोमा माला लिम्बु र निश्चल बस्नेत देखिएका छन् ।

भिडियो हेर्नुहोस् ​

‘कुटुमा कुटु’ 

‘२ रुपैया’ चलचित्र भित्र राखिएको यो गीतले युट्युवमा सबैभन्दा छोटो समयमा करोड माथीको दर्शक पाएको हो । २८ मे २०१७ अपलोड भएको गीतमा निश्चल बस्नेत र स्वस्तिमा खड्काको नृत्य रहेको छ । राजनराज सिवाकोटीको शब्द तथा संगीतमा तयार भएको गीतमा राजन इशान र मेलिना राईले स्वर दिएका छन् । गीतले १ करोड ४ लाख बढि दर्शक पाएको छ ।

भिडियो हेर्नुहोस् 

प्रकाशित मिति: Jul 18, 2017

प्रतिक्रिया दिनुहोस्