Logo
२ असार २०८१, शनिबार
(July 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महिनावारी हुँदा पेनकिलर नखानुस् बरु यी तीन कुरा बुझ्नुहोस्

एजेन्सी, महिनावारीको क्रममा दुखाई हुनु साधारण कुरा हो । तर जब यो दुखाई असह्य हुन्छ तब थुप्रै महिला पेनकिलर खाने गर्दछन् । यो खाँदा महिलाले केही कुरा ध्यान दिनै पर्छ ।

१. माइल्ड डोज फाइदाजनकः

यदि महिनावारीको क्रममा अत्यधिक पीडा हुन्छ भने पेनकिलरको माइल्ड डोज (दुई पेनकिलरभन्दा कम) खाँदा आराम महसुस हुन्छ । यति गर्दा पनि पीडा कम नभए डाक्टरको सल्लाह लिनुहोस् ।

उमेर बढेसँगै पेनकिलर चाहिँदैनः

टिनएजमा हुँदा युवतीलाई महिनावारी हुँदा अत्यधिक पीडा हुन्छ । तर उमेर बढेसँगै यसको दुखाईमा कम हुन थाल्छ । त्यसकारण उमेर बढेसँगै पेनकिलर खानबाट बच्नुहोस् ।

दुई वटाभन्दा धेरै पेनकिलर नखानुहोस्ः

यदि तपाईंलाई अत्यधिक पीडा हुन्छ र दिनमा दुईवटाभन्दा धेरै पेनकिलर खाइरहनुभएको छ भने यसले साइड इफेक्ट पनि हुनसक्छ । यसले थप समस्या निम्त्याउन सक्छन् ।

महिनावारी हुँदा दुईभन्दा धेरै पेनकिलर खानुका साइड इफेक्टः

कब्जियत वा झाडा लाग्ने समस्या हुनसक्छ । एसिडिटीको समस्या निम्तिन सक्छ । पेटमा अल्सर हुनसक्छ । निन्द्रा नलाग्ने समस्या चिलाउने र छाला पोल्ने समस्या हुनसक्छ । लामो समयसम्म पेन किलरको प्रयोग गर्दा कलेजो र मृगौला खराब हुने खतरा निम्तिन्छ ।

प्रकाशित मिति: Jul 12, 2017

प्रतिक्रिया दिनुहोस्