Logo
१ असार २०८१, शुक्रबार
(October 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेर्नुस रोचक भिडियो : फोन निकाल्ने चक्करमा ट्वाइलेटमा फस्यो हात

मानिसहरुलाई मोबाइल फोनको यस्तो लत लागिसकेको छ कि यसबिना एक मिनेट पनि मानिस बस्न सक्दैनन् । यसै लतले एक युवकलाई ठूलो मुश्किलमा फसाएको छ । वास्तवमा उत्तर पूर्वी टर्कीमा एक व्यक्तिको फोन ट्वाइलेट पटमा खस्यो ।

फोन निकाल्नका लागि जब उनले आफ्नो हात पटमा हाले तब उनको हात भित्रै अड्कियो । उनको हात यति नराम्रोसँग भित्र फस्यो कि त्यसलाई निकाल्नका लागि दमकलकर्मीलाई बोलाउनु पर्यो ।

यी युवक एक अस्पतालको शौचालय प्रयोग गरिरहेका थिए । त्यहाँ कोमोड नभई सामान्य शौचालय थियो । शौच गर्नेबेला युवकको स्मार्टफोन ट्वाइलेटको प्वालमा खस्यो । त्यसलाई निकाल्नका लागि युवकले प्वालभित्र हात हाले । जब उनले माथि नै मोबाइल फाने पाएनन् तब सुतेर आफ्नो पूरै हात प्वालभित्र छिराएर फोन खोज्न सुरु गरे । धेरैबेर खोजेपछि पनि फोन भेटिएन ।

युवकको समस्या त्यतिमा मात्र सिमित भएन । धेरै बेरसम्म फोन खोज्दा पनि नपाएपछि तब उनले आफ्नो हात निकाल्ने प्रयास गरे । भित्रसम्म हात छिराएकाले उनको हात फसिसकेको थियो र निकै बल लगाउँदा पनि बाहिर निस्किरहेको थिएन ।

समस्यामा परेपछि उनले मद्दतका लागि चिच्याए । उनको आवाज सुनेपछि केही बिरामीले अस्पताल प्रशासनलाई यसबारे जानकारी दिए । युवकको मद्दतका लागि अस्पतालले दमकल विभागसँग मद्दत माग्यो । एक घण्टाको संघर्षपछि उनको ट्वाइलेटभित्र फसेको हातलाई बाहिर निकाल्न सफल भए ।

यसका लागि उनीहरुले विशेष उपकरणको प्रयोग गरेर शौचालयको प्वाललाई ठूलो बनाइयो । युवकलाई चोट नलागोस् भनेर पनि उनीहरु सचेत रहे । दमकल कर्मचारीले सबैभन्दा पहिले उनको अनुहार र शरिरलाई कोटले ढाके ।

निकै समस्या झेलेपनि युवकको अनुहारमा मुस्कान थियो । युवकले दमकलकर्मीहरुलाई पटक पटक धन्यवाद भने । अस्पतालले उनको हातमा मलमपट्टी गर्यो । तर उनको फोन भने भेटिएन । एजेन्सी

प्रकाशित मिति: Jun 20, 2017

प्रतिक्रिया दिनुहोस्