Logo
१८ बैशाख २०८१, मंगलबार
(June 19, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीमा उत्साहपूर्ण उम्मेदवारी मनोनयन (फोटो फिचर)

इनरुवा । सुनसरी जिल्लामा उत्साहपूर्ण रुपमा स्वतन्त्रसहित विभिन्न दलका उम्मेदवारहरुले मनोनयन गर्दा गराएका छन ।

स्वतन्त्रहरु आफ्नो समर्थक र प्रस्तावकसहित मनोनयन दर्ता गर्न आएपनि नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले ठूलो माससहित निर्वाचन अधिकृतको कार्यालयमा आएर मनोनयन दर्ता गराएका छन ।

सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा स्वतन्त्रबाट महेश्वरी न्यौपाने, डा. जयशंकर मेहता, उपमेयरमा ज्योति शुब्बा र पारस गेलालले मनोनयन गर्दा गराएका छन । वडाध्यक्षमा वडा नम्बर १ बाट लक्ष्मी साह, रोसन अधिकारी, वडा नम्बर २ बाट सुमि रानामगर र वडा नम्बर ३ बाट ऋषिराम सुवेदीले मनोनयन दर्ता गराएका छन ।

दलहरुतर्फ नेकपा एमाले, नेपाली कांग्रेस, राप्रपा, फोरम लोकतान्त्रिक, संघीय समाजवादी फोरम नेपालका उम्मेदवारहरुले आ–आफ्नो मनोनयन दर्ता गराईसकेका छन ।

प्रकाशित मिति: Jun 19, 2017

प्रतिक्रिया दिनुहोस्