Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलात्कारीलाई फाँसी दिन माग गर्दै महिलाहरुको प्रर्दशन

महोत्तरी, जेठ २९ : महोत्तरीको औरही गाउँपालिका—२ फूलबरीयामा अइतबार साँझ २१ बर्षीय युवतीलाई सामुहिक बालात्कार गरेका दोषीहरुलाई पक्राउ गरेर फाँसी दिनु पर्नेे माग गर्दै टायर बालेर महिलाहरुले प्रर्दशन गरेका छन् । औरही बजारमा ब्युटीपालर सञ्चालन गरी साइकलमा घर फर्किने क्रममा आइतबार साँझ औरहीकै स्थानीय युवतीलाई सुनसान सडकको बीचबाटै युवाहरुको समुहले नजिकैको खेतमा लगेर सामुहिक बालात्कार गरेका थिए । बालात्कारपछि युवती बेहोस भएकी थिइन ।

सडक बन्द गरेर गरिएको प्रदर्शनले बर्दिबास—औरही—जलेश्वर सडक खण्ड अवरुद्ध छ । उखरमाउलो गर्मीमा गाउँ गाउँबाट महिलाहरु छाता ओढेर प्रदर्शनमा सहभागी हुन आएका छन् । सडकमा सवारी साधन र काठका मुढा तेस्र्याएर सडक अवरुद्ध पारिएको छ । आफुलाई युवाहरुले सामुहिक बालात्कार गरेको पीडितले प्रहरीमा बयान दिएका छन् । ल्याब रिपोट आउन बाँकी छ ।

घटनाको विरोधमा सोमबार पीडित युवतीको गाउँका सयौं महिलाहरुले प्रदर्शन गर्दै बलात्कार गर्ने पीडकलाई सरकारले फाँसीको सजाय दिनु पर्ने सरकारसंग माग गरेका छन् । औरहीको स्कूल चोकमा महिलाहरुले प्रदर्शन गर्दै पीडकलाई प्रहरीले २४ घण्टा भित्र पक्राउ गर्नु पर्ने माग अघि सारेर सडक जाम गरी धर्ना दिएका छन् ।

प्रकाशित मिति: Jun 12, 2017

प्रतिक्रिया दिनुहोस्