Logo
१३ बैशाख २०८१, बिहीबार
(June 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

०७४ सालको पहिलो तिज गीत ‘बाबा भन्छे यार’ सार्बजनिक (भिडियो सहित)

काठमाडौं । हिन्दु नारीहरुको महान चाड हरितालिका तीज आउन करीब दुई महिना बाँकी भए पनि कलाकारहरुलाई भने तीजको चटारो सुरु भैई सकेको छ ।

कतिपय कलाकार गीत रेकर्डिङ गर्न ब्यस्त छन् भने कतिपय तिजका गीतहरु धमाधम छायांकन भैरहेका छन् । गत बर्ष जस्तै यो बर्ष पनि तिजका गीतहरुको अत्याधिक चाप रहेको रेकर्डिङ स्टुडियोहरुले जानकारी गराएका छन् ।

यो बर्षको तिजको गीत सार्बजनिक गर्ने क्रममा युवा गायक प्रबिण थापा अगाडी देखिएका छन् । उने ‘बाबा भन्छे यार’ नामक गीत आफ्नै युटुब मार्फत सार्वजनिक गरेका हुन । समाजमा बढ्दै गएको सामाजिक बिकृती माथि ब्यङ्य प्रहार गरेको यो गीतमा प्रबिण थापा र कबिता खनालको स्वर रहेको छ ।

आफ्नै शब्द संगितमा तयार पारिएको यस गीत मार्फत श्रीमान बिदेश गएपछि कसरी श्रीमती बिग्रन्छन् भनेर आफुले रोमान्टिक ड्ंगले प्रस्तुत गरेको जानकारी गराएका छन् । महिला र पुरुष दुबैको कारण धेरैको सुन्दर घरबार खरानी बनेको आफैले देखेकोले यस्तो गम्भिर बिषय गीत मार्फत उठाएको बताएका छन् ।

बिक्रम दाहालको निर्देशन, अनिश लामाको उत्कृष्ट कोरियोग्रफिमा चन्दा दाहाल र मिलन शंकरको मुख्य अभिनय रहेकोछ । फस्ट लुक डान्स क्लबमा छायांकन गरिएको भिडियोलाई मुकेश हुमागाइले खिचेका हुन ।

प्रकाशित मिति: Jun 8, 2017

प्रतिक्रिया दिनुहोस्