Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 22, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजीनामा दिदै प्रधानमन्त्री दाहाल, बजेट कामचलाउ सरकारले ल्याउने

फाइल तस्विर

काठमाडौं, ८ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमै राजीनामा दिने भएका छन् । तर, जेठ १५ को बजेट भने कामचलाउ सरकारले नै ल्याउनेछ । प्रचण्ड सरकार गठनका क्रममा नै दुई दलबीच सुरुको ९ महिना प्रचण्ड र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने समझदारी भएको थियो । तर, चैतमा स्थानीय तहको चुनाव हुन नसकेपछि प्रचण्ड सरकार केही लम्बियो ।

माओवादी हेडक्वाटरको सोमबार बसेको बैठकले कांग्रेससँग भएको सम्झौता अनुसार नै सरकार हस्तान्तरण गर्ने निर्णय गरेको छ । ‘तत्काल केहीदिनभित्रै सरकार हस्तान्तरण हुन्छ । उपयुक्त समयको चयन प्रधानमन्त्री गर्ने निर्णय भएको छ,’ एक नेताले भने । कांग्रेस र माओवादीबीच बैशाख ३१ को पहिलो चरणको चुनावपछि प्रचण्डले सत्ता हस्तान्तरण गर्ने समझदारी भएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्रीले कहिले राजीनामा दिने भनेर माओवादीले मिति तोकेर निर्णय गरेको छैन । तर, भोलि वा पर्सिसम्ममा प्रधानमन्त्रीले राजीनामा दिनेछन् । यसपछि प्रचण्ड सरकार कामचलाउ सरकार बन्नेछ र, संसदले नयाँ सरकार गठनको प्रक्रिया थाल्नेछ ।

नयाँ सरकार गठनको प्रक्रिया पूरा गर्नु पर्ने भएकाले बजेट कामचलाउ सरकारले नै ल्याउनेछ । संसदको बजेट अधिवेशन सोमबार सुरु भएको छ । तर, भोलि आगामी आर्थिक वर्षको बजेटमाथि सैद्धान्तिक छलफल हुनेछ । ११ गते राष्ट्रपतिले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र १५ गते कामचलाउ बजेट ल्याउने सरकारको तयारी छ ।

प्रकाशित मिति: May 22, 2017

प्रतिक्रिया दिनुहोस्