Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मतगणना जारी: काठमाडौंमा ६ सय गणना हुँदा ११९ बदर !

काठमाडौं, जेठ २: स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकामा भएको मत गणना निकै ढिला भएको छ । निर्वाचन समितिले दिएको जानकारीअनुसार ६११ मत गणना हुँदा मेयरमा ६६ र उपमेयरमा ११९ मत बदर भएको छ । बदर भएकामध्ये उपमेयरमा उमेदवार नै नभएको सूर्यमा मत धेरै परेको छ ।  नेकपा एमाले र राप्रपाले मेयर र उयमेयरमा काठमाडौंमा तालमेल गरेका छन् ।

सोमबार दिउँसो २ बजेबाट मतगणना सुरु भए पनि अहिलेसम्म जम्मा ६११ मत गणना भएको छ । जसमध्ये मेयरमा नेकपा एमालेका विद्यासुन्दर शाक्यको अग्रता छन् । १७२ मतका साथ उनी अग्रस्थानमा छन् ।

उनलाई पछ्याउँदै साझा पार्टीका किशोर थापा दोस्रो स्थानमा छन् । उनले १२० मत प्राप्त गरेका छन् । तेस्रोमा कांग्रेसका राजुराज जोशीको १११ मत रहेको छ ।चौथोमा विवेकशीलकी रन्जु दर्शनाको ९१ र माओवादी केन्द्रका सर्वोत्तम डंगोलको ७ मत रहेको छ । उपमेयरमा कांग्रेस १५८, राप्रपा १२१ र साझा पार्टीले ९१ मत प्राप्त गरेको छ ।

प्रकाशित मिति: May 16, 2017

प्रतिक्रिया दिनुहोस्