Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘बीउ रोप्न सफल भइयो, फल भित्र्याउने मौसम पछि आउँछ’

काठमाडौँ, जेठ १ : सघिंय समाजवादी फोरमको चुनाव चिन्हमा चुनावमा भाग लिएका नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई स्थानीय तहको निर्वाचनमा पार्टीले पाएको सफलताले वैकल्पिक राजनीतिको वीउ रोप्न सफल भएको बताएका छन् ।
हालसम्म विजयी उम्मेदवारहरुलाई बधाई दिँदै डा. भट्टराईले Twitter मा लेखेका छन् : ‘विभिन्न जिल्लामा वैकल्पिक राजनीतिको वीउ रोप्न सफल नयाँ शक्ति नेपालका विजयी उम्मेदवारहरूलाई वधाइ । यो वीउ रोप्ने मौसम हो फल भित्र्याउने मौसम पछि आउँछ भन्ने हेक्का राख्न सबै शुभचिन्तकहरूलाई आग्रह ।’

नयाँ शक्तिबाट मनाङको नेस्याङ गाउँपालिका ५ र ८ मा हयानचेंन गुरुङ र कुङ्ग्याल गुरुङ वडा अध्यक्षमा विजयी भएको नयाँ शक्तिले जनाएको छ । त्यस्तै गोरखाको पालुङटार नगरपालिका वडा नं. १ मा वडा अध्यक्ष कृष्ण परियार सहित नयाँ शक्तिको पूरै प्यानल विजयी भएको छ । रसुवाको उत्तरगया गाउँपालिका १ मा बमबहादुर तामाङ र पार्वतीकुण्ड गापा१ मा निमा दीनडप तामाङ वडा अध्यक्षमा विजयी बनेका छन्

प्रकाशित मिति: May 15, 2017

प्रतिक्रिया दिनुहोस्