Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उम्मेदारको घरमा विप्लव समुहले गाड्यो कालो झण्डा

काठमाडौं, २२ बैशाख । स्थानीय चुनाब नजिकिदै जाँदा उपत्यकाको सुरक्षा कडा परिएको सरकारले दावी गरेपनि त्यसो हुन नसकेको देखिएको छ ।

सरकारको दावीलाई तोड्दै राजधानीमा नेपाल कम्युनिष्ट पार्टीले चुनाव खारेज अभियानलाई तिब्र पारेको हो । नेपाल कम्युनिष्ट पार्टीले राजधानीमै उम्मेद्वारका घरमा कालो झण्डा समेत गाडेको छ ।

नेपाल कम्युनिष्ट पार्टीले चुनाव हुन नदिने भन्दै राजधानीसंगै जोडिएको चन्द्रागिरी नगरपालिकाबाट मेयरमा उमेद्वारी दिएका कृष्ण महर्जन ,माओवादी केन्द्रबाट उपमेयरमा उठेकी उर्मिला रोक्का , नेपाली कांग्रेसबाट मेयरमा उठेका घनश्याम गिरि ,राष्ट्रिय प्रजातन्त्र पार्टी बाट मेयरमा उठेका मदन थापामगर र एमालेबाट वडा अध्यक्षमा उठेका नारायण महर्जनका घरमा शुक्रबार बिहानै कालो झण्डा गाडेको हो ।

चुनाव बहिस्कारको रणनीति अनुसार सो समुहले चैत २४ गतेदेखि उत्पात मच्चाइरहेको छ । विप्लव समुहले चुनाव विरोधी गतिविधिलाई बडवा दिएपनि सो समुहलाई निष्तेज नपर्दा आम मतदाता र उम्मेदारहरु असुरक्षित बन्न पुगेका छन् ।

प्रकाशित मिति: May 5, 2017

प्रतिक्रिया दिनुहोस्