Logo
१५ बैशाख २०८१, शनिबार
(May 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसकारण चार दिनदेखि गृह मन्त्रालय रहेको छ, खाली

काठमाडौ, बैशाख २० : गत आइतबार पदबाट राजिनामा दिएका गृहमन्त्री विमलेन्द्र निधीले आज सरकारी क्वार्टर छाड्दैछन् । निधीले राजीनामा दिएपछि गृह मन्त्रालय हालसम्म नेतृत्वविहीन छ ।

निर्वाचनको संघरामा देशको शान्ति सुरक्षाको जिम्मा लिएको मन्त्रालय नै मन्त्रीविहिन भएपछि सुरक्षा चासो बढेको छ । यसअघि भागबन्डाका आधारामा कांग्रेसको भागमा परेको गृहमन्त्रालय निधीको राजिनामापछि कांग्रेसले बुधबारसम्म अरु कसैको नाम सिफारिस गरेको छैन ।

कांगे्रसभित्र गृहमन्त्रीबाट निधीको बहिर्गमनपछि कसलार्य गृहको नेतृत्व दिने भन्नेमा विवाद देखिएको बताइएको छ । श्रोतहरुका अनुसार गृह खान भौतिक योजना तथा निर्माणमन्त्री रमेश लेखक, सहरी मन्त्री अर्जुननरसिं केसी, कांग्रेस नेता गोपालमान श्रेष्ठ लगायतले लविङ गरिरहेका छन् ।

तर, कांग्रेस सभापति देउवाले आफु नजिकको मान्छेलाई मात्रै गृहको जिम्मेवारी दिनेगरी नाम सिफारिस गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बचन दिएको बताइएको छ ।

कांग्रेसभित्रै गृह गृहका आकांक्षी धेरै हुँदा सभापति देउवा आफै अर्निणित भएको देउवा निकटकाहरुले बताएका छन् । आइजीपी नियुक्ति विबादमा मुछिएका देउवाले पुन गृहमन्त्रीका लागि पनि आफ्नै क्षेत्रको रोज्दा थप विवाद हुने भएकाले पनि निर्णय गर्न ढिलाई भएको बताइएको छ ।

पहिलो चरणको स्थानीय निकायको निर्वाचन मिति आउन १० दिनमात्रै बाँकी रहेका बेला शान्ति सुरक्षाको जिम्मेवारी सम्हाल्ने मन्त्रालय नै मन्त्रीविहिन बन्दा सुरक्षामा असर पर्नसक्ने चिन्ता र चासो ब्यक्त हुन थालेको छ ।

निधीले गृहमन्त्रीबाट राजीनामा गरेपछि सभापति देउवाले तत्कालै अर्को नाम दिने बताएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ले कसैलाई पनि कार्यबाहक तोकेका छैनन ।

 

प्रकाशित मिति: May 3, 2017

प्रतिक्रिया दिनुहोस्