Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१९ वर्षपछि स्थानीय चुनावः आज हुँदैछ२८३ तहमा मनोनयन दर्ता

काठमाडौं, बैशाख १९: बैशाख ३१ मा हुने स्थानीय तहको पहिलो चरणको चुनाव अन्तगर्त आज मनोनयन दर्ता हुँदैछ । ३४ जिल्लाका २८३ तहमा उम्मेद्वारी दर्ता हुँदैछ । आज विहानसम्म पनि प्रमुख दलले केही महत्वपूर्ण ठाउँमा उम्मेद्वारको नाम टुंगाएका छैनन् । विहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेद्वारी मनोनयन गर्न सकिने निर्वाचन आयोगको कार्यतालिकामा छ ।

प्रदेश नम्वर ३,४ र ६ मा आज स्थानीय तहका लागि आज उम्मेद्वारी मनोनयन हुँदैछ । सरकारले पहिलो चरणमा तीन प्रदेशमा र दोस्रो चरणमा जेठ ३१ गते अरु चार प्रदेशमा स्थानीय तहको चुनाव हुँदैछ । आज नै साँझ ५ बजे उम्मेद्वारको सूचि प्रकाशन हुनेछ । बैशाख २० मा उम्मेद्वार विरुद्ध उजुरी दिन सकिनेछ । त्यसै दिन मनोनयन पत्रको जाँच हुनेछ ।

२१ बैशाखमा उम्मेद्वारले नाम फिर्ता लिन पाउनेछन् भने २२ गते उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुनेछ । निर्वाचन आयोगले २२ बैशाखमै चुनाव चिन्ह प्रदान गर्नेछ । उम्मेद्वारले गाँउ पालिका र नगरपालिकामा रहेका निर्वाचन आयोगका कार्यलयमा आफ्नो उम्मेद्वारी दर्ता गर्नेछन् । निर्वाचन आयोगले चुनावका लागि आफु सम्पूर्ण रुपमा तयारी अबस्था रहेको जनाएको छ ।

प्रकाशित मिति: May 2, 2017

प्रतिक्रिया दिनुहोस्