Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा. केसीले भने, ‘फेरि अनसन बस्छु’: देउवा ‘स्याल बहादुर’, प्रचण्ड ‘फुस्सकमल’ 

काठमाडौँ, वैशाख १८ :  प्रधानन्यायाधीस सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव ल्याएको विरोधमा साझा पार्टी र विवेकशील नेपालीले सोमबार राजधानीमा विरोध प्रदर्शन गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै डा. गोविन्द केसीले कार्कीमाथि महाभियोग लगाउनेहरु दलाल भएको भन्दै उनीहरुलाई सजाय दिनुपर्ने बताए ।

माइतीघर मण्डलाबाट शुरु गरिएको र्याली बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । ‘यिनीहरु दलाल हुन् । अब ३ करोड नेपाली सचेत भएका छन् । यिनीहरुलाई सजाय दिनु आवश्यक छ,’ केसी भने, ‘यो चुनाव अघि पनि हुनसक्छ । चुनावमा पनि हुनसक्छ । तर, राजनीतिलाई सफा गरेर छाडिन्छ ।’

उनले आवश्यक परे फेरि अनसनमा पनि बस्न आफू तयार रहेको बताए । कार्यक्रमा बोल्दै ओमप्रकाश अर्यालले सुशीला कार्कीलाई कसैले कमजोर नठान्न चेतावनी दिए । ‘उनले के त्यस्तो अपराध गरेकी थिइन् ?,’ अर्याले प्रश्न गरे, ‘लोकमानलाई हटाउनेलाई फ्याँक्ने ? लोकतन्त्रको खोल ओडेर न्यापालिकामाथि हस्तक्षेप गर्ने ?’

विवेकशील पार्टीकी नेत्री रञ्जु दर्शनाले सुशीला कार्कीसँग थरथर भएर प्रचण्ड र देउवाले महाभियोग लगाएको अरोप लगाइन् । उनले देउवालाई स्यालबहादुर र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘फुस्सकमल’ भएको बताइन् । उनले लोकतन्त्रलाई होइन लुटतन्त्र भएको बताइन् । उनले ‘लोकमानतन्त्र’ हटाउने वाचा गरिन् । उनले कार्कीमाथि महाभियोग लगाउने देशद्रोही भएको अरोप लगाए । उनले इमान्दार नेताहरुलाई पार्टीभित्रबाट विद्रोह गर्न आह्वान गरे ।

 

प्रकाशित मिति: May 1, 2017

प्रतिक्रिया दिनुहोस्