Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 23, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संञ्चारकर्मी संझना प्रेममा धोका पाएपछी यसरी पागल भईन्

काठमाडौं, १० बैशाख । बिगत लामो समय देखि पत्रकारीतालाई धर्म र कर्म ठान्दै अगाडि पाइला चाल्दै आएकी संञ्चारकर्मी संझना पौडेल अब भने गायिका भएकी छिन् ।

उनी भन्छिन्, जीवन संगीत हो गीत हो ताल र सरगम हो गीत मन नपाराउने मानिस सायद खोज्दा पनि पाइन्न होला । हुन त म गायिका हैन तर पनि यहाँहरु सम्पुर्णमा नव बर्ष २०७४ सालमा उपहार स्वरुप एक नयाँ गीत कोशेली लिएर आएकि छु ।

एकान्तमा रुने गरायौं बोलको यस गीतमा गायक खेम राज फुयाँलले आवाजमा साथ दिएका छन् । माया र प्रेम वास्तममा सोचेको जस्तो नहुने रहेछ । झन परदेशिको पीडा कहाली लाग्दो पो हुने रहेछ भन्ने भावना गीतमा समेटिन खोजिएको छ । गीतमा चर्चित गायक तथा सर्जक रमेश श्रेष्ठको लय रहेको छ ।

पत्रकार महेश नेपालको शब्द रहेको गीतलाई निकै ब्यस्थ एरेन्जर गौरव गिरीले एरेन्ज गर्नु भएको छ । जब प्रेमको घाउ लाग्छ तब आफन्द दुनिया सबै बिर्सिएर बाँच्नु पर्ने रहेछ ।

परदेशमा यादले सताउदा र भेटन नपाउँदा जीवननै ब्यर्थ हुनेसम्म हुदो रहेछ । गीतको मुल मर्म बैदेशिक रोजगारीका कारण प्रेममा सफल हुन नसक्नु र लामो समय देख्न भेटन नपाउनु हो । विछोडको पृष्ठभूमिमा बाँच्नु पर्दाको पीडा यस गीतमा अत्यन्त मार्मिक र यथार्थ परक ढंगले उठान गरिएको छ ।

प्रकाशित मिति: Apr 23, 2017

प्रतिक्रिया दिनुहोस्