Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 22, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनको आरोप : भारतीय दबाबले सैन्य अभ्यास खुम्चियो

काठमाडौं : भारतले नेपाललाई दिएको कडा दबाबका कारण नेपाल र चीनबीच जारी संयुक्त सैन्य अभ्यास सानो आकारमा खुच्याउन बाध्य हुनुपरेको चीनले जनाएको छ । यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्समा हालै प्रकाशित लेखमा नेपाल र चीनबीच सुरुमा बटालियन तहमा संयुक्त सैन्य अभ्यास गर्ने योजना रहेपनि भारतले नेपाललाई दिएको दबाबका कारण सानो आकारमा अभ्यास गर्नुपरेको जनाइएको छ ।

नेपाली सेनाले सानो आकारको चीनसँग संयुक्त सैन्य तालिम भइरहेको जनाउँदै उक्त अभ्यासमा कति जना चिनियाँ र नेपाली सैनिक सहभागी छन् समेत खुलाउन नचाहेका बेला चिनियाँ प्रतिक्रिया आएको हो । भारतले नेपाललाई दिएको दबाबकै कारण संयुक्त सैन्य अभ्यास नेपाली सेनाको प्यारा तालिम केन्द्र काठमाडौंमा आयोजना गर्नुपर्ने अवस्था आएको उक्त लेखमा उल्लेख छ ।

यति सानो खालको सैन्य अभ्यासलाई पनि भारतीय सुरक्षा रणनीतिका विश्लेषक र मिडियाले अनावश्यक चासो दिएको लेखमा उल्लेख छ । ‘एक मित्रवत् छिमेकीका नाताले नेपालसँग सैन्य अभ्यास गर्नु चीनका लागि सामान्य घटना हो’ लेखमा भनिएको छ ‘यस खालका सैन्य अभ्यास विश्वमा धेरै देशबीच हुने गर्छन् । जस्तो कि भारत र चीनबीच पनि यसखालको सैन्य अभ्यास हुने गरेका छन् ।’

प्रकाशित मिति: Apr 22, 2017

प्रतिक्रिया दिनुहोस्