Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 19, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘बाबारी मस्जिद’ मामिलामा आडवाणीसहित १३ विजेपी नेताविरुद्ध मुद्दा !

एजेन्सी, नयाँ दिल्ली : अयोध्यामा बाबरी मस्जिदको विवादिन ढाँचा भत्काएको मामिलामा लालकृष्ण आडवानी मुरली मनोहरी जोशी, उमा भारतीसमेत भारतीय जनता पार्टीका १३ नेतामाथि आपराधिक मुद्दा चल्ने भएको छ । सर्वोच्च अदालतले सीबीआईको याचिकामा यस्तो फैसला सुनाएको हो ।

अदालतले यस मामिलामा चलिरहेको दुईवटा अलग मुद्दालाई एउटै बनाउन आदेश दिएको र रायबरेलीमा चलिरहेको मुद्दाको सुनवाई पनि लखनउमा गर्न भनेको छ ।  सुनवाई दुई वर्षभित्र सक्न पनि निर्देश दिएको छ ।

बेन्चले नियमित सुनवाइ गर्दै मुद्दाबारे दुई वर्षभित्र सक्ने फैसला सुनाएको छ । सर्वोच्च अदालतका जस्टिस पिसी घोष र आरएफ नरमिनको बेन्चले आडवाणीसहितका विजेपी नेताविरुद्ध आपराधिक योजनको मुद्दा चल्न सक्ने बताएको हो ।  सन् १९९२ का डिसेम्बरमा मस्जित भत्काउन भूमिका खेलेको भन्दै उनीविरुद्ध मुद्दा दायर भएको थियो ।

मुद्दा चल्ने नेताहरुमा आडवानी, जोशी भारती, कल्याण सिंह विनय कटियार साध्वी ऋतंभरा, सतीश प्रधान, चम्पत राय बंशल, विष्णुहरि डालमिया, सतीश प्रधान, आरवी वदांती, जगदीश मुनी महाराज, विएल शर्मा, नित्य गोपाल दास, धर्म दासको नाम छ ।

यसको अलावा बाल ठाकरे, गिरिराज किशोर अशोक सिंघल, महंत अवैद्यनाथ, परमहंस राम चन्द्र र मोरश्वर सावेको पनि नाम रहेको छ । यिनीहरु सबैको निधन भइसकेको छ ।

प्रकाशित मिति: Apr 19, 2017

प्रतिक्रिया दिनुहोस्