Logo
७ बैशाख २०८१, शुक्रबार
(April 13, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्यासिनोबाट अरबौं रोयल्टी उठाउन सरकार असफल

काठमाडौं, ३१ चैत्र । क्यासिनोबाट अरबौं रोयल्टी उठाउन सरकार असफल बनेको छ । सरकारले कानुनी अड्चनलाई दोष दिदौ क्यासिनोबाट अरबौं रोयल्टी असुल गर्न नसकेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव सुरेश आचार्यले क्यासिनोहरुबाट अरबौंको रोयल्टी असुल गर्न आर्थिक ऐन नै बाधक रहेको बताए ।

सरकारले काठमाडौं सहितका देशका विभिन्न भागमा रहेका ८ वटा क्यासिनोहरुबाट १ अर्ब ३२ करोड ८० लाख ९४ हजार ४ सय ५६ रुपैयाँ रोयल्टी असुल्न बाँकि छ ।

सोही सम्बन्धमा छलफल गर्न बसेको व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको विहिबारको बैठकमा बोल्दै सहसचिव आचार्यले क्यासिनोहरुबाट रोयल्टी रकम असुलउपर गर्न आर्थिक ऐनले समयसिमा नतोकि दिएकाकारण समस्या भएको स्पष्ट पारे ।

मन्त्रालयले थप शुल्कको रुपमा जरिवानाको समेत व्यवस्था आर्थिक ऐनमा भएकाले समयमै रोयल्टी नतिर्ने क्यासिनोहरुलाई बन्द गराउन नसकिएको पनि स्पष्ट पारेको छ । वर्षौदेखिको रोयल्टी क्यासिनोहरुबाट असुल नभएकोमा सरकारको चर्को आलोचना हुँदै आएको छ ।

सहसचिव आचार्यले जरिवानाको व्यवस्था भएकाले क्यासिनो बन्द गर्न सक्ने अवस्था नरहेको स्मरण गराए । उनले सर्वोच्च अदालतको आदेशबाट संचालनमा आएका क्यासिनोहरुको इजाजत दस्तुर र नविकरण दस्तुर माग गर्न समेत कानुनी अड्चन रहेको उल्लेख गरे ।

सरकारले देशको ८ वटा क्यासिनोहरु अन्नपूर्ण इन्टरनेशनल, होटल एभरेष्ट इन्टरनेशनल, होटल सोल्टी, होटल मल्ल, होटल याक एण्ड यति, नेपाल रिक्रिएसन, ह्याप्पी आवर, पोखरास्थित फूलबारीबाट अरबौं रोयल्टी बापतको रकम असुल गर्न बाँकि छ ।

प्रकाशित मिति: Apr 13, 2017

प्रतिक्रिया दिनुहोस्