Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नवराज सिलवाल फेरि सर्वोच्चमा

काठमाडौं, २९ चैत्र । डिआईजी नवराज सिलवाल फेरि सर्वोच्चमा पुगेका छन् । प्रहरी महानिरीक्षक (आईजीपी) बढुवामा सरकारले फेरि झेल्ली गरेको भन्दै उनले मंगलबार सर्वोच्च अदालतमा दोस्रो रिट दर्ता गरेका हुन ।

उनको रिटमा, प्रहरी महानिरीक्षक (आईजीपी)मा प्रकाश अर्याललाई गरेको नियुक्त बदर र यसअघि सर्वोच्च अदालतले गरेको निर्णय कार्यान्वयनको माग गरिएको छ ।

सरकारले सोमबार आईजीपीमा डिआईजी अर्याललाई नियुक्त गरेको थियो । उनलाई सोमबार राति नै महानिरीक्षकको दज्र्यानी चिन्ह प्रदान गरिएको छ ।

डिआईजी सिलवालले आफ्नो रिटमा कार्यसम्पादन मूल्यांकनको फाइलमा सरकारले दुई नम्बर घटाएर आफूलाई पछि पारिएको दाबी गरेका छन् । यसअघि सरकारले गत फागुन १ मा डिआईजी जयबहादुर चन्दलाई महानिरीक्षक नियुक्त गरेको थियो ।

तर तीन साताअघि सर्वोच्च अदालतले उक्त निर्णय उल्ट्याइदिएको थियो । उनको रिट सँगै अब के हुने हो त्यो हेर्न बाँकी छ ।

प्रकाशित मिति: Apr 11, 2017

प्रतिक्रिया दिनुहोस्