Logo
७ बैशाख २०८१, शुक्रबार
(April 10, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृहमन्त्रीले आचारसंहित मिच्न खोज्दा प्रधानमन्त्रीले रोके

काठमाडौं, २८ चैत्र । उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधी आचारसंहिता विपरित पार्टीको कार्यक्रमका निम्ति हेलिकप्टर चढेर जिल्ला बहिर जान खोज्दा प्रधानमन्त्री पुष्पकमल दाहलले रोकेका छन् ।

दाङमा आज आयोजित नेपाली कांग्रेसको चुनावी सभामा भाग लिन गृहमन्त्री जान लागेपनि प्रधानमन्त्रीले निधिलाई फोन गरी उपत्यका नछोड्न चेतावनी दिएपछि उनी रोकिएका हुन । स्रोतका अनुसार गृहमन्त्री निधीको टिकट ‘क्यान्सिल’ गरिएको छ ।

गृहमन्त्री निधी सोमबार बिहान ९ बजेनै विमानमा भैरहवा जाने र त्यहाँबाट दाङको चुनावी सभामा भाग लिने कार्यक्रम थियो । निर्वाचन आचारसंहिता अनुसार गृहमन्त्रीले त्यसरी पार्टीको चुनावी सभामा भाग लिन नमिल्ने भन्दै प्रधानमन्त्रीले रोकेको स्रोतको दावी छ ।

उता प्रधानमन्त्रीले दिउँसो ३ बजे क्याबिनेट बैठकका लागि मन्त्रीहरुलाई खबर गरेका छन् तर संविधान संशोधन प्रस्तावमा भने सहमति अझै जुटेको छैन ।

प्रकाशित मिति: Apr 10, 2017

प्रतिक्रिया दिनुहोस्