Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

IS का अन्तर्राष्ट्रिय सदस्य काठमाडौंमा पक्राउ

सुनिल शर्मा, काठमाडौं । अन्तर्राष्ट्रिय कुख्यात आतंकवादी संगठन इस्लामिक स्टेट (आइ.ए.स.) नेपालाई ‘ट्रान्जिट’ बनाएर दक्षिणी छिमेकी मित्र राष्ट्र भारतमा ठूलो हमला गर्न लागेको गोप्य सूचना प्राप्त भएको छ । गत साता बिहिबार स्लामिक स्टेटका एक अन्तर्राष्ट्रिय सदस्यलाई अमेरिकी गुप्तचर संस्था सिआइएको सूचनाको आधारमा काठमाडौंमा गिरफ्तार गरेपछि यस सम्बन्धी अनुसन्धान काठमाडौंस्थित अमेरिकी दूतावासका सुरक्षा अधिकारी र नेपाल प्रहरीको विशेष ब्यूरोले गरि रहेको छ ।

अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार गिरफ्तार गरिएको व्यक्ति इस्लामिक स्टेटको खुल्न आएको छ ।काठमाडौंस्थित अमेरिकी दूतावासको सिआइएको सूचनाको आधारमा आइएसका ती उच्च नेतालाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । इरानी नागरिक बताउने अब्दुल लतीफ तासीन सलमान उर्फ हमीद रहेको सुरक्षा स्रोतले बताएको छ ।

अमेरिकी राहदानी (पासपोर्ट नम्बर 527756063) बोकेर काठमाडौंबाट भारतको नयाँ दिल्ली प्रस्थान गरेको तासीनलाई नयाँ दिल्लीबाट काठमाडौंस्थित अमेरिकी दूतावासको अनुरोधमा काठमाडौं फिर्ता ल्याइएको थियो ।
अर्काको नक्कली पासपोर्ट बोकेर लामो समयदेखि विश्व भ्रमण गरी रहेको तासीनको पासपोर्ट सीआएले ‘ट्रयाक’ गरिरहेको थियो ।

टर्कीको इस्तानबुलबाट इरानी राहदानीबाट नेपाल प्रवेश गरेको अनुसन्धानबाट देखिएको छ । तर काठमाडौं प्रवेश पछि भने अमेरिकी राहदानी प्रयोग गरेको पाइएको छ । अमेरिकी पासपोर्टमा निजको नाम तासीन सलमान अतिफा उल्लेख गरिएको छ ।

गत शुक्रबारदेखि अमेरिकी दूतावासका अधिकारीहरुले हमीदको बयान लिइ रहेका छन् । नेपाल प्रहरीले बयान लिनु अघि नै अमेरिकी दूतावासका कर्मचारीहरुले बयान लिएका थिए । त्यति मात्र होइन हमीदको सम्पूर्ण कागजपत्र अमेरिकी अधिकारीहरुले जफत गरेर लग्नुले गिरफ्तार व्यक्ति अन्तर्राष्ट्रिय आतंकवादी संगठन आइएसको उच्च स्तरीय व्यक्ति भएको विशेष स्रोतले पुष्टी गरेको छ ।

अमेरिकी दूतावास स्रोतका अनुसार आइएससँग आबद्ध ठूलो नेता भएको प्रमाणका आधारमा अमेरिकी दूतावासका सुरक्षा अधिकारीहरु आफैले अनुसन्धान सुरु गरेको हो । गिरफ्तार व्यक्तिबाट इरान, साउदी अरेयिबा र अमेरिकाको तीन वटा राहदानी बरामद भएको छ ।

सार्क क्षेत्रमा आइएसले आफ्नो सञ्जाल विस्तार गरिसकेको छ । नेपालमा बढ्दो राजनैतिक अस्थिरता र कमजोर सुरक्षा व्यवस्थाका कारण अन्तर्राष्ट्रिय मुस्लिम आतंकवादी संगठन आइएसले भारत विरुद्ध नेपालबाट टाउको उठाउन थालेको छ ।

बंगलादेशलाई ‘डिभिजनल हेडक्वार्टर’ बनाएर आइएसले साउदी अरबदेखि नेपालमा अबैध लगानी समेत विभिन्न स्रोतबाट भित्र्याएको थाहा हुन आएको छ । भारतीय इण्डियन मुजारिद्धीनसँग हातेमालो गर्दै आइएसले भारत विरुद्ध जेहाद छेड्न नेपालको सिमा क्षेत्रमा अवैध रुपमा चौध हजार मस्जिद र मदरसा बनाइएको तथ्यांक राष्ट्रिय अनुसन्धान विभागबाट प्राप्त भएको छ । नेपालमा बन्ने अवैध मस्जिद र मदरसाका लागि साउदी अबरबाट ‘डोनेसन’ का नाममा ठूलो धनराशी आतंकवादी संगठनले भित्र्याई रहेको छ ।

नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग निकम्मा भएको र राजनैतिक बेथितीको फाइदा उठाउँदै आतंकवादी संगठनहरुले नेपालको राजनधानी काठमाडौं लगायत प्रमुख शहरी क्षेत्र र सिमा क्षेत्रमा आफ्नो उपस्थितीमा मजबुत संगठन निर्माण गर्दै लगेको छ ।

यस अघि मुस्लिम आतंकवादी संगठनका दुई नाइके करिम टुण्डा र असलम भड्कलको गिरफ्तारीले नेपालको सुरक्षा व्यवस्था माथि प्रश्न चिन्ह उठाइ दिएको थियो । आई.एस.का अन्तर्राष्ट्रिय सदस्य हमीदको गिरफ्तारी पछि अमेरिकाले नेपाल अन्तर्राष्ट्रिय आतंकवादीहरुको अखडा बन्दै गएको बताएको छ । अमेरिकाको विदेश मन्त्रालयले यो घट्नापछि ‘ग्लोबल प्याटर्न अफ टेरोरिजम’ प्रतिवेदन सार्वजनिक गर्दै नेपालको सुरक्षा व्यवस्था संवैदनशिल अवस्थामा पुगेको उल्लेख गरेको छ ।

अमेरिकाका प्रति आतंकवाद इकाइका संयोजक कोफर ब्लाकले तयार पारेको १८१ पृष्ठको प्रतिवेदनमा भनिएको छ–सिमित सरकारी वित्त, कमजोर सीमा सुरक्षा व्यवस्था र नाजुक सुरक्षा संयन्त्र कारण नेपाल अन्तर्राष्ट्रिय आतंकवादीका लागि सहज आउजाउको थलो र लजेष्टिक सपोर्टको ओसार पसारको सहज माध्यम बनेको छ । प्रतिवेदनमा त्रिभुवन अन्तर्राष्ट्रिय विभागस्थलको सुरक्षा व्यवस्था फितलो रहेको उल्लेख गरिएको छ ।

अमेरिकी विदेश मन्त्रालयले आइएसको अन्तर्राष्ट्रिय सदस्य गिरफ्तारीपछि नेपालबाट भारत विरुद्ध इस्लामिक स्टेटको गतिविधि लक्षित रहेको उल्लेख गरेको  छ ।

अहिले अमेरिकाको विश्व राजनीति स्लामिक स्टेट विरोधी अभियानमा घुमिरहेको छ । भारतलाई  पनि सबै भन्दा ठूलो खतरा र चुनौती स्लामिक स्टेट (आइ.एस) बाटै भईरहेको छ ।

नेपालबाट अन्तर्राष्ट्रिय मुस्लिम आतंकवादी गतिविधि नभए पनि नेपाल आतंकवादीहरुको चलखेलको अखडा भएको छ भन्ने पुष्टि बेलाबखत अन्तर्राष्ट्रिय स्तरका मुस्लिम आतंकवादी नेताहरुको गिरफ्तारीले गर्दछ ।

खुल्ला सिमाना र कमजोर सुरक्षा व्यवस्थाका कारण भारतको युपी, लखनौ, गुजरात, बनारस, पट्ना, बैंलोर, चेन्नई, नयाँ दिल्ली, मुम्बई, गोवामा स्लामिक स्टेटले आक्रमणको योजना बनाएको अमेरिकी सूचना स्रोतले जनाएको छ । स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र युपीका मुख्यमन्त्री योगी आदित्यनाथलाई भौतिक आक्रमणको निशाना बनाएको छ ।

राष्ट्रिय संघिय सुरक्षा परिषद्ले एउटा प्रस्ताव पारित गरेर आइएस र मुस्लिम आतंकवादी संगठनको गतिविधि सम्बन्धमा रिपोर्ट पठाउन भने पनि नेपालले अहिले सम्म कुनै रिपोर्ट नै पठाएको छैन ।

यतिबेला नेपालमा भारतीय कश्मिरी मुसलमानहरुको गतिविधि अस्वभाविक रुपमा बढ्नु र यिनीहरुसँग अन्तर्राष्ट्रिय मुस्लिम आतंकवादी संगठनको अप्रत्यक्ष संलग्नता पाइनुले यसको खतरा सबै भन्दा बढी भारतलाई रहेको छ । खासगरी भारतमा हिन्दूवादी संगठन भारतीय जनता पार्टीले बहुमतको सरकार बनाएर आएपछि कट्टरपन्थी मुसलमानहरु भरत विरुद्ध एकजुट भएर स्लामिक स्टेटलाई सहयोग गरिरहेका छन् ।

इराक, अफगानिस्थान, पाकिस्तान, बर्मा, तिब्बत, बंगलादेश र नेपालपछि भारतलाई घेर्ने रणनीति इस्लामिक स्टेटले लिएर यस क्षेत्रमा खास गरि सार्क राष्ट्रमा आफ्नो उपस्थिति देखाएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार १ लाख ३४ हजार एमआरपी पासपोर्ट हराएको सम्बन्धमा अहिले सम्म कुनै खोजविन र छानबिन समेत भएको छैन । फ्रान्समा छापिएको एमआरपी पासपोर्टको ४५ लाखको डाटा नै छैन । यी पासपोर्ट मानव तस्कर र आतंकवादी संगठनका सदस्यको हातमा पुगेको आशंका गरिन्छ ।

यूएनएचसीआरको बदमासी
नेपाल सरकारको नजरमा भुटानी र तिब्बती बाहेक अन्य देशका शरणार्थी रहेको कुनै तथ्यांक नै गृह मन्त्रालयसँग आधिकारिक रुपमा छैन । तर यूएनएचसीआरले नेपालको कानुन भन्दा बाहिर गएर नेपाल सरकारलाई कुनै जानकारी नै नदिई शहरी शरणार्थीको मान्यता दिएर ५४५ जनालाई शरणार्थीको मान्यता दिएको छ । सबैभन्दा बढी २६८ जना पाकिस्तानी मुसलमानहरु रहेका छन् ।

त्यस्तै अफगानी ६९ जना छन् । बंगलादेशी १६० रहेका छन् । ५४५ जना सबै मुसलमानहरु छन् । शहरी शरणार्थी भनेर यूएनएचसीआर बाट साढे ७ हजार प्रति व्यक्ति रकम बुझे पनि यिनीहरु नेपाल भारत सिमा क्षेत्रदेखि भारत सम्म घुसपैठ गरेर फर्किने गरेका छन् भने कतिपय भारतमै हराएका छन् ।

नेपाली र हिन्दीसम्म बोल्न सक्ने यस्ता तथाकथित शरणार्थीहरुको सम्बन्ध इण्डियन मुजारिद्धीनदेखि पाकिस्तानी गुप्तचर संस्था आइएसआईका अधिकारीहरुसँग समेत सम्बन्ध रहेको पाइएको छ ।

मुस्लिम कट्टरपन्थीहरुलाई यूएनएचसिआरको माध्यमबाट ‘अण्डर कोभर्ड’ रुपमा पाकिस्तानी गुप्तचार एजेन्सीले बनाई दिएको डकुमेन्टसको आधारमा शहरी शरणार्थी बनाएर मुस्लिम आतंकवादी संगठनसँग भारत विरुद्ध आइएसआईले प्रयोग गरिरहेको छ ।

यूएनएचसीआरले हामीलाई शरणार्थी सम्बन्धी डकुमेन्ट्स उपलब्ध नगराएर पनि हाम्रो स्रोतबाट प्राप्त प्रयाप्त डकुमेन्ट्स हामीसँग सुरक्षित छ । पाकिस्तानी गुप्तचर संस्था आइएसआईले ‘विशेष प्रोजेक्ट’ भनेर शरणार्थीका नाममा घुसपैठ गरेका मुस्लिम आतंकवादीहरुलाई भारत विरुद्ध एउटा जिम्मेवारी नै दिएको हुँदा भारतमा कुनै पनि बेला ठूलो आतंकवादी हमला हुन सक्छ ।

तर नेपालमा रहेका भारतीय गुप्तचर एजेन्सी ‘रअ’ ले यसलाई नजर अन्दाज गरेका कारण त्यस्को ठूलो मूल्य पठानकोट हमला भन्दा ठूलो चुकाउनु पर्ने हुन सक्छ ।

प्रकाशित मिति: Apr 6, 2017

प्रतिक्रिया दिनुहोस्