Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आचारसंहिताको धजिया : छोरी चुन्दै अवैध गर्भको वैध पतन !

काठमाडौं, २३ चैत । कूल गर्भको ३१ प्रतिशत गर्भपतन हुने तथ्यांक सार्वजनिक भएको छ । अवैध गर्भको वैध पतनसम्म त ठिक छ, गर्भ जाँच गरेर छोरी भए पतन गराउने महामारी अहिले पनि जारी छ । जतिसुकै आचारसंहिता, सपथको कुरा गरे पनि डाक्टरहरुले गर्भ जाँच गर्ने र छोरी भए यसरी हत्या गर्ने गरेका छन् ।

वर्षको ३ लाख २३ हजार गर्भ पतन गर्ने बताइन्छ तर यो तथ्यांक मेरी स्टोप्स अथवा रेकर्ड राख्ने संस्थाले गर्ने बैध पतनको मात्र हो । जसको रेकर्ड राखिएको छ । रेकर्ड नै नराखिएका, गल्लीपिच्छे खोलिएका स्वास्थ्य केन्द्र, स्वास्थ्यकर्मी, क्लिनिक, डाक्टरले गर्ने गर्भपतनको संख्या कति छ, कतै रेकर्ड देखिदैन ।

नेपालमा गर्भपतन सेवा सुरु भएको १५ वर्ष भयो । नेपालमा गर्भपतन गराउन एनजीओहरु पनि सक्रिय छन् । नेपालमा स्वास्थ्य सेवा भन्दै डलर बोकेर आउने आइएनजीओहरुले गर्भपतनमात्र गराउँदैनन्, नयाँ नयाँ ओखतीको प्रयोग पनि नेपाली महिलाहरुमा नै गर्ने गरेका छन् ।

महिला हक, हित, अधिकारको जतिसुकै कुरा गरे पनि छोरीको भ्रुणहत्या सबैभन्दा डरलाग्दो महामारीका रुपमा फैलिएको छ । यसलाई रोक्नेतिर कसैको ध्यान नजानु महिलामाथिको बढ्दो हिंसाका रुपमा लिन सकिन्छ ।

प्रकाशित मिति: Apr 5, 2017

प्रतिक्रिया दिनुहोस्