Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 4, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फोरम लोकतान्त्रिक र राष्ट्रिय जनमुक्ति पार्टीबीच एकता हुँदै

काठमाडौ, चैत २२ ।  चैत २० गते नयाँ शक्तिका सहसंयोजकसहित ३० जना केन्द्रीय सदस्य आफ्नो पार्टीमा ल्याएका मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले भोली एउटा पार्टीसँग एकीकरण नै गर्ने भएका छन् ।

दुई सांसद समेत रहेका शिवलाल थापा नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टीसँग फोरम लोकतान्त्रिकको एकीकरण हुन लागेको सो पार्टीका उपाध्यक्ष रामेश्वर राय यादवले जानकारी गराए ।

अब फोरम लोकतान्त्रिकसँग १६ साँसद हुने भएको छ । फोरम लोकतान्त्रिकसँग १४ सांसद थिए । राष्ट्रिय जनमुक्ति पार्टीका शिवलाल थापा र सीमाकुमारी विक सांसद हुन् ।

एकीकरणको तयारी पुरा भएको बताइएको छ । चुनाव चिन्ह र झण्डा फोरम लोकतान्त्रिककै रहने तथा पार्टीको नाम नयाँ राख्ने सहमति गरि एकीकरण हुन लागेको स्रोतले जनाएको छ ।

उक्त पार्टीको नाम परिवर्तन गर्ने सहमती यसअघि नै भइसकेको छ भने यसपार्टीको नयाँ नामको रुपमा नेपाल लोकतान्त्रिक फोरम पार्टी राखिने भएको छ ।

प्रकाशित मिति: Apr 4, 2017

प्रतिक्रिया दिनुहोस्