काठमाडौं, चैत २२– निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले आगामी बैशाख ३१ गते हुने निर्वाचनको लागि ७५ ओटा जिल्लामा जिल्ला न्यायाधीशलाई प्रमुख निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय सेवा तथा नेपाल प्रशासन सेवाका अधिकृत कर्मचारीसमेत गरी ६६९ जनालाई निर्वाचन अधिकृत पदमा नियुक्ति गर्ने निर्णय गरेको हो ।
मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको स्थानीय तह निर्वाचन ऐन, २०७३ काो दफा ७ बमोजिम चैत २५ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको आयोगले जनाएको छ । सूचि हेर्नुहोस्
