Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 4, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जातीय समाजलाई समन्वाय गरिदिन आग्रह गर्दैओलीले भने ‘मधेशमै चुनाव लड्न तयार छु’


काठमाडौ, चैत २१ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेशका जातिय समाजलाई समन्वाय गरिदन आग्रह गर्दे आफू जुनसुकै जिल्लाबाट पनि चुनाव लड्न तयार रहेको बताएका छन् ।

पार्टी कार्यलय धुम्बराही स्थित मधेशी जातीय समन्वय समाजकोे ज्ञापनपत्र बुझ्दै अध्यक्ष ओलीले मधेशी दलहरुले आफूलाई गलत नेताको रुपमा प्रस्तूत गरेको आरोप लगाउदै बिभिन्न जाजजातीहरुको समाजलाई समन्वाय गरिदिन आग्रह समेत गरेका छन ।

जातीय समन्वाय समाजको समन्वाय भए मधेशमै म मधेशी मोर्चाका नेताहरुसंग वार्ता पनि गर्न तयार छु उनले भने ‘मधेशी मोर्चाका नेताहरुसंग आफनो कुनै ब्यक्तिगत दुश्वनी छैन । ‘

आफुलाई मधेसमा चुनाव लड्न कुनै समस्या नहुने बताउदै उनले भने ‘यद्यपी उनले त्यसका लागि मधेसी मोर्चाले निषेधको राजनीति त्याग्नु पर्ने र एमालेमाथि अवरोध हुन हुदैन ।’


नेपाल कुशवाहा कल्याण समाज, यादव सेवा समाज, सुडी समाज, मैथिल ब्रहमण समाज लगायत बिभिन्न २३ ओटा जातीय समाजहरुको साझा मञ्च मधेशी जातीय समाजका प्रतिनिधिहरुसंग ओलीले मधेसका समस्या समाधान गर्न आफु तयार रहेको बताए ।

उनले भने ‘अन्यायमा परेकाहरुलाई न्याय दिलाउने पक्षमा आफु सदैव तयार रहेपनि केही नेता तथा दलहरुले आफु र आफ्नो पार्टीमाथि अनावाश्यक अरोप लगाइरहेका छन ।’ उनले मधेसी मोर्चालाई आफुलाई साथ दिन आग्रह समेत गरे ।

समाजले बुझाएको ज्ञापनपत्रमा १० बुँदे माग अघि सारेएको छ । जसमा संविधानप्रति असन्तुष्ट रहेका मधेसी थारु, मुस्लिमलगायतको मागसम्बोधन गरेर मात्र स्थानीय चुनाव गर्नुपर्ने उल्लेख छ ।

यसअघि समाजले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि ज्ञापनपत्र बुझाएको थियो । समाजमा २३ वटा जातीय संघ संगठनहरु आवद्ध छन् ।

समाजले पछिल्लो समयमा विभिन्न जात र समुदाय तथा राजनीतिक दलहरुवीच देखिएको असमन्जस्यताका लागि सरोकारवालाहरुसँग सम्बाद र छलफलमार्फत सहमति जुटाउने प्रयास गरेको दावी गरेको छ ।

त्यस्तै उक्त समाजले आजै उपप्रधान एवं गृहमन्त्री बिंमलेन्द्र निधिलाई पनि ज्ञापनपत्र बुझएका छन ।

प्रकाशित मिति: Apr 3, 2017

प्रतिक्रिया दिनुहोस्