Logo
१३ बैशाख २०८१, बिहीबार
(April 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गच्छदारको पार्टी प्रवेश कार्यक्रममा ‘हट’ स्टाइल !

काठमाडौँ, चैत २० । विजय गच्छदार नेतृत्वको मधेसी जनाधिकार फोरम लोकतान्त्रिक पार्टीमा नयाँ शक्तिका सहसंयोजक महेश कर्मोचासहित ३० जना नेताहरु प्रवेश गरेका छन् ।

पार्टी मुख्यालयमा आयोजित भव्य कार्यक्रमबीच उनीहरुलाई अध्यक्ष गच्छदारले पार्टीमा प्रवेश गराएका थिए । आजको पार्टी प्रवेश कार्यक्रम अन्य पार्टीको कार्यक्रम भन्दा भिन्न पनि थियो । गायिका सीता लामाले गीत प्रस्तुत गर्दै पार्टी प्रवेश कार्यक्रमलाई तताएकि थिइन् ।

नयाँ शक्ति नेपाल पार्टीका सहसंयोजकसहित ३० जना गच्छदारको पार्टीमा
नयाँ शक्ति नेपाल पार्टीका सह संयोजक महेश कर्मोचासहित ३० जना केन्द्रीय परिषद् सदस्य विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरेका छन् । पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रमबीच अध्यक्ष गच्छदारले उनीहरुलाई पार्टीमा प्रवेश गराएका हुन् ।

कर्मोचालाई गत असारमा नयाँ शक्तिले सह संयोजक बनाएको थियो । त्यसबेला सहसंयोजक तोक्ने विषयमा पार्टी भित्र विवाद भएको थियो । उनी काँग्रेसबाट नयाँ शक्तिमा आएका थिए । कर्मोचासहित सचिवालय सदस्य देव लिम्बु र सीता श्रेष्ठ, केन्द्रीय परिषद् सदस्य रामेश्वर ढकाल, केदार शाक्य लालबहादुर अर्याल लगायत रहेका छन् ।

अनुशासनहिनता र अपारदर्शिता बढेको जनाउँदै नयाँ शक्ति नेपाल केन्द्रीय परिषद्का कार्यकारी सदस्य मुमाराम खनालले गत असोजमा सो पार्टी परित्याग गरेका थिए । त्यसपछि नयाँ शक्ति नेपालका आर्थिक नीति विभाग प्रमुख पूर्व अर्थ सचिव रामेश्वर खनालले चैत्रको पहिलो साता आफू कुनै पार्टीमा संलग्न नरहेको भन्दै बाहिरिएका थिए ।

एक बर्षअघि नेकपा माओवादी छाडेर नयाँ शक्ति नेपालमा लागेका धु्रव पराजुलीले आज नयाँ शक्ति छाडेका थिए । यसअघि नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई भने यतिबेला नेपाल पुलिस क्लबमा हिरासतमा रहेका छन् । निर्वाचन चिन्हको माग गर्दै निर्वाचन आयोग घेराउ गर्न पुगेका उनीसहित ५० जना नेता कार्यकर्ता पक्राउ परेका थिए ।

हेरौँ केही तस्विरहरु :

प्रकाशित मिति: Apr 2, 2017

प्रतिक्रिया दिनुहोस्