Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 31, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तमलोपा पार्टी कार्यलयमा ठाकुर र भारतीय राजदुतबीच भेटवार्ता

काठमाडौं ।  बिगतको परम्परालाई तोड्दै भारतिय राजदूतले काठमाण्डौ स्थित तमलोपा पार्टी कार्यलमै पुगेर अध्यक्ष महन्थ ठाकुरसग भेटवार्ता  गरेका छन । यसअघि बिगतमा प्राय मधेशी दलका नेताहरुलाई की दुतावासमै की त कुनै होटेलमा बोलाएर भेटर्वाता गर्ने परम्परा रही आउको छ ।

तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेपालका लागि नवनियुक्त भारतीय राजदुत मंजिभ सिंह पुरीबीच भेटवार्ता गरेका हुन । तराई मधेश लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालयमा शुक्रबार अध्यक्ष ठाकुर र राजदुत पुरीबीच भेटवार्ता भएको हो ।

नवनियुक्त राजदुत पुरी काठमाडौं आएलगतै राजनीतिक भेटघाटमा लागेका हुन् । उनले प्रमुख पार्टीका शिर्ष नेताहरुसँग भेटघाट गरिसकेका छन् । भेटघाट पछि पार्टीको तर्फबाट स्वागत गर्दै अध्यक्ष ठाकुरले राजदुत पुरीलाई उपहार पनि हस्तान्त्रण गरेका थिए ।

ठाकुरसँगको भेटघाटमा समसामायिक राजनीतिक विषयमा छलफल भएको थियो । तमलोपा नेतृ चन्दा चौधरीका अनुसार राजदुत पुरीले ठाकुर समक्ष जिज्ञासाहरु राखेका थिए । त्यस क्रममा ठाकुरले मधेशमा अहिले पनि आन्दोलन जारी रहेको बताएका थिए ।

 

प्रकाशित मिति: Mar 31, 2017

प्रतिक्रिया दिनुहोस्