Logo
१३ बैशाख २०८१, बिहीबार
(March 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उत्तर कोरियाको सम्भावित क्षेप्यास्त्र हमलाबाट बच्न जापानमा तयारी 

विद्यार्थीहरु विद्यालयको खेल मैदानमा शिक्षकहरुसाग खेलिरहेका हुन्छन्, त्यही बेला ठूलो साइरन बज्न थाल्छ । आवाज सुन्ने बित्तिकै शिक्षक र विद्यार्थीहरुले भुइँमा बस्छन् र थप निर्देशनको लागि पर्खछन् । ‘यो एउटा अभ्यास हो,’ लाउडस्पीकरमा आवाज सुनिन्छ, ‘क्षेप्यास्त्र प्रहार भएको छ ।’

लगत्तै, सबै विद्यार्थी र शिक्षकहरु कुद्दै विद्यालयको जिम रहेको ठाउँमा पुग्छन् । त्यहाँ उनीहरुसँग अन्य स्वयंसेवहरु पनि हुन्छन् । उनीहरु सबै लाइन लागेर भूइँमा सँगै बस्छन् । उत्तर कोरियाले गर्न सक्ने सम्भावित क्षेप्यास्त्र हमलाको तयारी स्वरुप गरिएको यो पहिलो अभ्यास थियो ।

‘ओगा सहरको तहबाट करिब २० किलोमिटर टाढा मिसाइल खस्यो,’ लाउडस्पीकरमा अर्को अवाज सुनिन्छ, ‘क्षतिको विवरण आएको छैन । त्यही भएर कृपया जिम हलभित्र नै बस्नुहोला ।’ अभ्यास सकिएपछि सरकारी अधिकारीहरुले सहभागीहरुलाई धन्यवाद दिन्छन् ।

‘सरकारले सम्भावित क्षेप्यास्त्र हमलालाई निस्तेज बनाउन हरसम्भव प्रयास गरिरहेको छ,’ क्याविनेट काउन्सिलर अटसुसी ओडानीले भने, ‘यदी उनीहरुले क्षेप्यास्त्र हमला गरे भने हाम्रो सैनिकहरुले त्यसलाई असफल बनाउनेछन् ।’

क्षेप्यास्त्र प्रहारबाट जापान रक्षाविहिन भने छैन । गत महिना मात्र अमेरिका, जापान र दक्षिण कोरियाका मिसाइल डिस्ट्रोयरहरुले संयुक्त अभ्यास गरेका थिए ।

युद्धजहाजहरुमा एइगिस मिसाइल डिफेन्स सिस्टम रहेको हुन्छ जसले क्षेप्यास्त्रको चुनौतीलाई शुरुमा पत्ता लगाउँछ । त्यसपछि त्यहाँबाट इन्टरसेप्टरले प्रहार गरिएको क्षेप्यास्त्रलाई अकासमा नै नष्ट गर्नेगर्छ ।

यद्यपि, जापान र उसको गठबन्धनले उत्तरलाई चारवटा क्षेप्यास्त्रको परिक्षण गर्नबाट रोक्न सकेनन् । टोकियोका अनुसार गत मार्चा ६ मा परिक्षण गरिएो ४ मध्ये तीनवटा क्षेप्यास्त्र ओगा सहरबाट ३७० किलोमिटर मात्र टाढा पानीमा खसेको थियो । एजेन्सी

प्रकाशित मिति: Mar 20, 2017

प्रतिक्रिया दिनुहोस्