Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साँझा बस चल्न नदिने भक्तपुरका बस व्यवसायीको धम्की

भक्तपुर, चैत  ७ । भक्तपुरका यातायात ब्यवसायी सिण्डकेटको पक्षमा उभिएका छन् । उनहिरुले जिल्लाभित्र सरकारले साझा बस संचालन गरे ग्रामीण क्षेत्रका सम्पूर्ण रुटमा यायायात ठप्प पार्ने धम्की दिएका छन् ।

व्यवसायीले सोमबार पत्रकार सम्मेलन गरी ग्रामीण क्षेत्रमा सवारी ठप्प पार्ने धम्की दिएका हुन् । भक्तपुर मिनिवस सेवा समितिका अध्यक्ष ज्ञानेन्द्र महर्जनले समिति अन्र्तगत १७ रुटका ३ सय ३७ गाडी सञ्चालनमा रहेपनि यात्रुहरुको सेवालाई ध्यान दिएर थप ४० वटा साझा बस सरहका गाडी मगाइएको भन्दै साझा बस भित्रीए ग्रामीण रुटमा यातायात ठप्प पार्ने धम्की दिए ।

कोटेश्वर पूर्व बस समन्वय समितिका अध्यक्ष बलराम त्वानाबासुले साझा बस भक्तपुर चलाउने विषयको विरोध गरे । व्यवसायीले सरकारले सहकारीबाट ऋण लिएर सञ्चालनमा रहेका बसहरुलाई बन्द गराउँदै सहकारी डुबाउने खेलमा लागेको आरोप समेत लगाए ।

प्रकाशित मिति: Mar 20, 2017

प्रतिक्रिया दिनुहोस्