Logo
१५ बैशाख २०८१, शनिबार
(March 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्रकको ब्रेक फेल : गुर्जुधारामा भयानक दुर्घटना (फोटोफिचर सहित) 

काठमाडौं ४ चैत   । काठमाडौंको गुर्जुधारामा ट्रकको ब्रेक फेल भई भयानक दुर्घटना  भएको छ । दुर्घटनामा २ जनाको मृत्यु र ९ जना घाइते भएका छन् भने ४ वटा सवारी साधनमा क्षति पुगेको छ । मृत्यु हुनेमा झापा अनारमनिका ३७ बर्षिय डम्बर पोख्रेल र काभ्रेपलाञ्चोक पनौतीका ४६ बर्षिय कान्छाबली लामा रहेका छन् ।

बिहान ११ बजे बा ३ ख ९७७३ नम्बरको ट्रकले सन्तुलन गुमाँउदा अन्य ३ सबारी साधनलाई ठक्कर दिनपुगेको थियो । शुरुमा मे १ ख २४३९ नंबरको मिनिट्रकलाई ठक्कर दिएको थियो । त्यसपछि ठक्कर खाएको मिनिट्रकले बा १ ज ७९६७ नंबरको ट्याक्सीलाई ठक्कर दिएको थियो । ठक्कर दिने क्रममा बा ६९ प ६२८५ नम्बरको स्कुटर पनि दुर्घटनामा परि क्षतबिक्षत भएको प्रहरी निरिक्षक बाबुराम पोखरेलले जानकारी दिएका छन् ।

दुर्घंटनामा परी नाम नखुलेका बा ३ ख ९७७३ नम्बरको ट्रकका चालक गंभिर घाइते भएका छन् । साथै अर्को ट्रकका चालक र सहचालक पनि घाइते भएका छन् । यस्तै ट्याक्सीमा सबार २ यात्रुसहित चालक र स्कुटीमा सबार २ जना गरी ८ जना घाइते भएको पोखरेलले जानकारी दिए । घाइतेहरुलाई उपचारका लागि विभिन्न अस्पतालहरुमा पु¥याइएको छ ।

५ जनालाई बागेश्वरी अस्पताल, १ जनालाई समाज अस्पताल, २ जनालाई बयोधा अस्पताल र १ जनालाई ट्रमा सेन्टर लगिएको पत्रकार रोशन दानीले जानकारी दिए । बागेश्वरी अस्पतालमा बर्ष २३ का अञ्जु आले, बर्ष २८ का कृष्ण थापा, बर्ष ६ का किभिन थापा, बर्ष ५ का आरसी आले र बर्ष ४४ का बाजेन्द्र थापाको उपचार भइरहेको छ । तस्विर : शिवकुमार महर्जन/रुटिन अफ नेपाल बन्द

प्रकाशित मिति: Mar 17, 2017

प्रतिक्रिया दिनुहोस्