Logo
१९ मंसिर २०७९, सोमबार
(March 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्लाहीमा दुई पक्षबीच झडप: नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

सर्लाही, १ चैत । ईश्वरपुर नगरपालिका साबिक भक्तिपुरको खड्का टोलमा होली खेल्ने क्रममा डिजे बाजा बजाउने बिषयलाई लिएर दुई पक्षबीच झडप भएपछि, झडप नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । झडपलाई नियन्त्रणमा लिनका गाउँमा पुगेका प्रहरीको गाडी माथि केही युवाहरुले ढुगांमुढा गरेपछि स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले सानो हतियार पेस्तोलबाट हवाई फायर गरेको प्रहरी उपरीक्षक सुबेदीले जानकारी दिनुभयो ।

खड्का टोलको माथिल्लो र तल्लो टोलका बासिन्दाबीच डिजे बाजा बजाउने विषयमा विवाद भई झडप भएको सर्लाहीका प्रहरी उपरीक्षक उत्तमराज सुबेदीले बताउनुभयो । युवाहरुको पथरावले प्रहरीको गाडीको सिसा फुट्नुको साथै केही प्रहरीलाई चोट समेत लागेको उहाँले बताउनुभयो । घटनामा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गत वर्ष पनि डिजे बाजा बजाउने विषयमा विवाद भएको कारण खड्का टोलमा यस वर्ष होलीमा डिजे बाजा बजाउन प्रहरीले रोक लगाएको थियो । प्रहरीले बेलैमा गाउँमा पुगेर विवाद मिलाएकाले ठुलो क्षति टरेको प्रहरी उपरीक्षक सुबेदीले बताउनुभयो ।

प्रकाशित मिति: Mar 14, 2017

प्रतिक्रिया दिनुहोस्