Logo
१५ चैत्र २०८०, बिहीबार
(March 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अपडेटःः केन्यालाई १०४ रनको कडा चुनौती

काठमाडौं, २८ फागुन  । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर मैदानमा भैरहेको खेल बर्षाका कारण २९ ओभरमा छोट्याइएको छ। अब केन्याले २९ ओभरको खेलमा जम्मा १०४ रनको नयाँ विजयी लक्ष्य पाएको छ ।

नेपालले पहिलो इनिङमा ८ विकेट गुमाउँदै ११२ रन बनाएको थियो। नेपालका लागि कप्नानी सम्हालिरहेका ज्ञानेन्द्र मल्लले ५ चौकाको मदतले सर्वाधिक २७ रन बनाए ।

बर्षाका कारण खेल प्रभावित भए पछि निर्धारित ५० ओभरको खेलमा ३८ ओभरमा झारिएको थियो। केन्या ले टस जितेर बलिङ रोजेको थियो। केन्याका नोचेले १८ रन खर्चेर सर्वाधिक ३ विकेट झारेका थिए।

प्रकाशित मिति: Mar 11, 2017

प्रतिक्रिया दिनुहोस्