Logo
८ बैशाख २०८१, शनिबार
(March 10, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महासंघ ललितपुरमा लगाएको ताला खोल्न माग

ललितपुर, फागुन २७   । नेपाल पत्रकार महासंघको ललितपुर शाखामा गरेको तालाबन्दी अविलम्ब खोल्न माओवादी केन्द्र निकट प्रेस सेन्टर, कांग्रेस निकटको प्रेश युनियन र नयाँ शक्ति निकट प्रेश सोसाइटीले आग्रह गरेका छन् ।

उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै महासंघको आगामी चेत्त १ गते हुने भनिएको अधिबेसन नगर्ने नियतले तालाबन्दी गरेको आरोप समेत लगाएका छन् ।

सदस्यता स्थानान्तरको विवादमा एमाले निकट प्रेश चौतारी र कांग्रेसकै एक समुहले बिहिबार शाखा कार्यलय ललितपुरमा तालावन्दी गरेका थिए ।

यस्तो छ प्रेस विज्ञप्तीः 

 

प्रकाशित मिति: Mar 10, 2017

प्रतिक्रिया दिनुहोस्