Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 10, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सप्तरी घटनाका दोषीलाई कारबाहीको माग गर्दै संसद बैठक बहिस्कार

काठमाडौं, फागुन २७ । मधेसी मोर्चा आवद्ध सांसदहरुले व्यवस्थापिका संसदको बैठक बहिष्कार गरेका छन् । उनीहरूले सप्तरी घटनाका दोषीलाई कारबाहीको माग गर्दै शुक्रबार संसदमा नाराबाजीसमेत गरेका थिए ।

संघीय समाजवादी फोरमका नेता अशोक राईले बोलिसकेपछि उनीहरुले आ -आफ्नो ठाउँबाट उठेर रोष्टम अगाडि आएर सप्तरी घटनाका दोषीमाथि कारवाही माग्दै नाराबाजी गरेका हुन् ।

राईले सप्तरी घटनामा सरकारका तर्फबाट अनावश्यक बल प्रयोग भएको भन्दै दोषीमाथि कारवाहीको माग गरे । राईले कन्चनपुरमा एसएसबीको गोली लागेर एक जनाको मृत्यु भएको भनिए पनि भारतीय दूतावासले गोली नचलेको दाबी  गरेकाले घटना रहस्यमय भएको बताए । राईले यसबारे सत्यतथ्य सदनलाई जानकारी गराउन माग गरे ।

 

प्रकाशित मिति: Mar 10, 2017

प्रतिक्रिया दिनुहोस्