Logo
१३ बैशाख २०८१, बिहीबार
(March 9, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारमा मन्त्री थपिँदै: गच्छदारद्वारा अस्विकार

काठमाडौं, फागुन २६ । राप्रपा अध्यक्ष कमल थापा सरकारमा जाने पक्कापक्की भए लगत्तै फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले अहिलेकै अवस्थामा सरकारमा सहभागि नहुने बताएका छन् । स्रोतका अनुसार प्रचण्डले मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएसँगै गच्छदारलाई सरकारमा सहभागि हुन आग्रह गरेका थिए । तर उनले अहिलेको विषम परिस्थितिमा मन्त्री बन्नु उचित नहुने जवाफ फर्काएका थिए ।

उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सहभागि हुन आग्रह गरेपनि अस्विकार गरेको उनी निकट स्रोतले बताएको छ ।
सो लगत्तै उनले राप्रपा अध्यक्ष थापालाई सरकारमा ल्याउने विषयमा छलफल गरेको र उनलाई उपप्रमसहित संघीय ममिला तथा स्थानीय विकास मन्त्रालय दिने समझदारी बनेको स्रोतको दाबी छ ।

स्रोतको अनुसार उनको आजै सपथ ग्रहण हुने छ ।  थापा मन्त्री बन्ने पक्कापक्की भएसँगै थापाले गच्छदारलाई फोन गरी सरकारमा सहभागी होऔं भनि प्रस्ताव गरेका थिए । तर थापालाई पनि गच्छदारले उही जवाफ फर्काएको स्रोतको भनाई छ । देशमा तोकिएको मितिमा चुनाव गराउनु पर्ने भएकाले मिलेर अघि बढ्दा राम्रो हुने भएकाले सरकारमा सहभागि हुन थापाले प्रस्ताव गरेका थिए ।

मोर्चाले बुधबारमात्रै प्रधानमन्त्रीलाई भेटेर माग पूरा गर्नु ७ दिने अल्टिमेटम बुझाएको थियो । संशोधन प्रस्ताव पारित गराउनु पर्ने, चुनावको मिति घोषणा गरिनुपर्ने लगायतका ५ बुँदे माग पूरा नभए आठौं दिनको दिन सरकारलाई दिने समर्थन फिर्ता लिने मोर्चाको चेतावनी छ ।
मोर्चाले समर्थन फिर्ता लिएको अवस्थामा सरकार कमजोर बनेकाले प्रचण्डले मन्त्रिमण्डल विस्तार गर्न लागेको बुझिएको छ ।

प्रकाशित मिति: Mar 9, 2017

प्रतिक्रिया दिनुहोस्