Logo
७ बैशाख २०८१, शुक्रबार
(March 7, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोली चलेपछि एकाएक अशान्त बनेको तराई !

काठमाडौं, २४ फागुन । हिज सप्तरीमा गोली चलेपछि तराई एकाएक अशान्त बनेको छ । एमालेको मेची– महाकाली अभियान अन्तर्गत हिजो सप्तरी सदरमुकाम राजविराज भन्दा तीनकिलोमिटर उतर राजविराज औद्योगिक क्षेत्र नजिक प्रहरी र मोर्चाका कार्यकर्ताबीच भएको झडपमा प्रहरीले चलाएको गोली लागि हालसम्म मृत्यु हुनेको संख्या सात पुगेको छ ।

गोलीकाण्डलाई लिएर आजबाट तराईका केही जिल्लाहरु अनिश्चतकालिन बन्द गरिएको छ । मोर्चाका कार्यकर्ताले राजविराज नगरपालिका कार्यालय, नेपाल टेलिकमको कार्यालयमा तोडफोड गरेका छन् । त्यस्तै लाहमा पनि एमाले पार्टी कार्यालय आगजनी गरिएको छ ।

अहिले प्रदर्शनकारीले राजविराजमा रहेको जिल्ला प्रशासन कार्यालय घेरिरहेका छन् । प्रदर्शनकारीले राष्ट्रिय मानव अधिकार आयोगको गाडी तोडफोड गरेका छन् । बा ७ च ७४७३ नम्बरको गाडीमा प्रदर्शनकारीले तोडफोड गरेका हुन् । गाडीमा ४ जना हरेका थिए । उनीहरुलाई अहिले जिल्ला अदालतमा राखिएको छ । उनीहरु सुरक्षित छन् ।

बिहानैदेखि मोर्चाका कार्यर्ताहरु सदरमुकाम राजविराज, पूर्व–पश्चिम राजमार्गको भारदह र रुपनी, तोपा, हनुमाननगर सहितका स्थानमा टायर बालेर प्रदर्शन गरेका छन् । राजविराजस्थित गजेन्द्र चोकमा भेला भएका मोर्चाका कार्यकर्ताहरुले टायर बाल्दै प्रदर्शन चर्काएका छन् । बन्दका कारण पूर्व–पश्चिम राजमार्ग सहित जिल्लाका प्रमुख बजार ठप्प छ ।

कलकारखाना, शैक्षिक संस्था ,यातायात ठप्प रहेको छ । यसैविच, विरोधमा मधेसी मोर्चा कार्यकर्ताहरु विहानैदेखी कञ्चनपुरमा प्रर्दशनमा उत्रेका छन् । कञ्चनपुरमा विहान मोर्चाका कार्यकर्ताहरु राजमार्गमा टायर बालेर केपीओली र प्रहरी प्रशासनको विरुद्ध नारावाजी लगाएको थियो । जिल्ला पूर्ण रुपमा बन्द छ । यसै विषयमा जनपुरमा विहानैदेखि प्रर्दशन भैइरहेको छ । त्यस्तै, मधेश बन्दको प्रभव बारामा पनि परेको छ ।

बाराको जितपुरमा एमालेको २७ गते हुन लागेको मेची महाकाली अभियान कार्यक्रम स्थल अगाडि राजमार्गमा टायर बाली बन्दकर्ताहरु प्रर्दशनमा उत्रिएका छन् ।

विभिन्न जिल्लाको अवस्था तस्बिरमा…

 

प्रकाशित मिति: Mar 7, 2017

प्रतिक्रिया दिनुहोस्