Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो छ, संशोधन विधेयकबरे दलिय रस्साकस्सी

काठमाडौ, फागुन १३ । दलहरुबीचको लामो रस्साकस्सीपछि संविधान संशोधन विधेयक प्रकृयामा गइसकेको छ तर त्यो पास हुने नहुने अन्योलता कायमै छ । संशोधन विधेयक प्रकृयामा लैजान सहमति जनाएपनि विधेयकको पक्षमा एमालले मतदान गर्ने छैन । हिजो संसदमा बोल्दै एमाले संसदीय दलका उपनेता सुवाष नेवाङले एक दिनको लागि मात्रै खोल्न दिएको बताएका थिए ।

भोटिङको क्रममा एमालेले विपक्षमा मतदान गर्ने कुरा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत भनिसकेका छन् । तर सत्ताधारी दल तथा मधेशी मोर्चाका नेताहरु भने सैद्धान्तिक छलफलपछि विधेयकको ७२ घण्टाको अवधिमा एमालेले पनि विधेयक पारित गराउनमा सहयोग गर्ने विश्वास लिएका छन् । माओवादी केन्द्रका एक नेताले भने, ‘संशोधन विधेयक पेस नै हुन नदिने एमालेले चुपचाप पेस हुन दियो, पछि प्रकृयामा जानै नदिने अडान लिएर बसेका उनीहरुले मौन बसेर प्रकृयामा जान दिए अब हेर्दै जानुस् यो ७२ घण्टाको अवधिमा एमालेले के के गर्छ, विधेयक पारित गराउनमा एमालेको पनि समर्थन रहनेछ ।’

सत्ताधारी दलको दावीः यसकारणले एमालेले गर्छ समर्थन
–प्रकृयामा सहमति जनाई सकेको कारणले पास गराउनमा पनि सहयोग हुने विश्वास
–मधेशवादी दलका दवावले काम गर्नेछ
–सर्वोच्च अदालतले गरेको निर्णयका कारण
–मधेशमा चुनावको माहौल बनाउन एमालेले विधेयक पारित हुन दिनेछ
‘संशोधन विधेयक दुई तिहाईले होइन, दलहरुको सहमतिमै पास हुनेछ तर त्यसमा एमालेले विरोध गरे, दुई तिहाई बहुमत पुगेन भने आउने परिणामलाई मधेशी मोर्चाले स्वीकार गर्नुपर्छ’, माओवादीका एक नेताले भने, ‘सरकारले यो विधेयक पेस गरेका छ, त्यसलाई पास गराउन दायित्व पनि बन्छ तर मोर्चाले समेत जेजस्तो निर्णय आएपनि स्वीकार गर्नुपर्छ ।’
प्रकृया स्वीकार गर्ने कि नगर्ने प्रश्न एमाले र माआवादीले मधेशी मोर्चासँग पटक पटक गरेका छन् तर त्यसको जवाफ उनीहरुले दिएका छैनन् ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संशोधन विधेयक पारित हुने गरि नै सहमति गरेर जाउँ भनि एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका थिए तर ओलीले सो आग्रह स्वीकार गरेनन् । त्यसपछि मात्र प्रधानमन्त्री पप्रकृया शुरु हुँदैमा केही हुँदैन, कमसे कम प्रकृया शुरु भएपछि मधेशमा एउटा चुनावको महोल बन्छ, मधेशी मोर्चाले शुरु गर्न लागेका आन्दोलन पनि रोकिन्छ, त्यही भएर विधेयकलाई प्रकृयामा जान दिनुस भनि प्रचण्डले पटक पटक आग्रह गरेपछि ओलीले प्रकृया मात्र शुरु हुन दिएको स्रोतको भनाई छ ।

उच्च स्रोतका अनुसार एमाले अध्यक्ष ओलीले प्रकृया शुरु हुन दिएपनि आफूहरु विपक्षमा नै मतहाल्ने जानकारी प्रचण्डलाई पनि गराई सकेका छन् । त्यसपछि प्रचण्डले भनेछन्, ‘त्यसबेला देखा जाएगा ।’ माओवादी केन्द्रका नेता गिरीराजमणी पोखरेल भन्छन्, एकचोटी प्रकृया शुरु हुन दिने, अर्काेचोटी बन्द गर्ने कही हुन्न, एमालेले प्रकृया शुरु गर्न दिनु नै सशोधन विधेयक पास गराउनु हो, पछि त्यो दलले नखरा देखाए त्यो अलगै कुरा हो ।’

‘७२ घण्टाको समय छ, विधेयकलाई फूलहाउसमा लगिन्छ, त्यसलाई त्यही टुग्यांउने हो कि समितिमा लाने हो, समितिमा लाने हो भने कुन समितिमा लाने हो यस्ता धेरै प्रकृयाहरु छन्, छलफल गर्ने थुप्रै ठाउँहरु छन्, हेरौ त्यो बेलासम्म के के हुन्छ’, उनले थपे । एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले आफूहरुको नौ दलीय गठबन्धनको निर्णयले यो विधेयकलाई प्रकृयामा जान दिएको तर मतदानमा आफूहरु विपक्षमा हुने प्रतिकृया दिए ।

‘१९ गते प्रकृया शुरु हुनुभन्दा एक दिन पहिले हामीले विभिन्न दलसँग छलफल गर्छौ,’ उनले भने, ‘विधेयक पारित नहुने कुरा निश्चित भएको छ, अब यसलाई चुनाव सुनावमा लग्नुहुँदैन भन्ने कुरा हामीले सत्ताधारी दलहरुलाई भन्छौ । ’रातोपाटीमा समाचर छ ।

प्रकाशित मिति: Feb 24, 2017

प्रतिक्रिया दिनुहोस्